Home Login
पोर्चुगल

पोर्चुगलका माओवादीहरूले शुभकामना आदानप्रदान कार्यक्रम गर्दै

पोर्चुगल — जनयुद्धको वार्षिक उत्सवको अवसरमा पोर्चुगलको राजधानी लिस्बानमा पोर्चुगलमा रहेको माओवादीहरूले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।

फेब्रुरी १६ तारिख राजधानी लिस्बानमा रहेको रेस्टुरेन्ट एभरेस्ट नेपालमा उक्त कार्यक्रम हुने भएको हो। पोर्चुगलमा रहेका विभिन्न संघसंस्थाहरूलाई समेत उक्त कार्यक्रममा उपस्थिति हुनको लागि आयोजकहरुले आग्रह गरेको छ।

(कार्यक्रम हुने स्थान राजधानी लिस्बानमा रहेको रेस्टुरेन्ट एभरेस्ट नेपाल) — युरोपाटी

नेपालमा १९९६ फेब्रुअरी १३ (२०५२ फागुन १) बाट तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र युद्धले राजनीतिक रुपान्तरणमा भूमिका खेलेको विश्लेषण गरिन्छ ।

१० वर्षसम्म चलेको यस युद्धले हजारौं वीर सहिदहरूको बलिदानमा समाजवादको बाटो निर्माण गर्न महत्वपूर्ण प्रभाव पारेको इतिहासमा देख्न सकिन्छ।

Leave a Reply