

लिस्बन — पोर्चुगलको राजधानि लिस्बनमा पहिलो पटक खुल्ला बास्केटबल टुर्नामेन्ट हुने भएको छ ।
केबिए नेपालको आयोजनामा हुन लागेको यो टुर्नामेन्ट यहि मार्च २ तारिख राजधानी लिस्बनमा हुने भएको हो । आयोजक टोलिले यस टुर्नामेन्टलाई नेपालीद्वारा आयोजित पहिलो खुला बास्केटबल टुर्नामेन्ट भएको समेत दावि गरेको छ ।

आयोजक केबिए नेपालले उक्त टुर्नामेन्टका लागि हालै टिम दर्ता खुला गरिएको र टिम दर्ताका लागि यहि फेब्रुअरी २४ लाई अन्तिम मिति तोकिएकाले समयमै इच्छुक टोलिले टिम दर्ता गर्न आह्वान समेत गरेको छ भने टिम दर्ता शुल्क दुई सय युरो निर्धारण गरिएको आयोजकले बताएको छ ।
यस्तै टुर्नामेन्ट बिजेताले १ हजार १ सय युरो सहित ट्रफि र प्रमाणपत्र पाउने छ भने दोस्रो हुने टोलिले ७ सय युरो सहित ट्रफि र प्रमाणपत्र पाउने भएको आयोजकले बताए ।
यस टुर्नामेन्टले पोर्चुगलमा रहदै आएका युवाहरु बिच भ्रातृत्व कायम गर्ने अपेक्षा समेत गरिएको छ ।