एलिया लिम्बु —
साइप्रस । युरोपेली मुलुक साइप्रसमा स्थापनाकालदेखि नै सक्रिय संस्था किरात राई यायोक्खा साइप्रसले किराती समुदायहरुको राष्ट्रिय चार्ड उभौलीको अवसरमा ‘साकेला बृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रम’ सम्पन्न गरेको छ । कार्यक्रम गत आइतबार साइप्रसको एक प्रमुख सहर लिमासोलस्थित ट्रिकिस प्यालेस हलमा एक कार्यक्रम गरी सम्पन्न गरेको हो ।
किरात राई यायोक्खा साइप्रसले आयोजना गरेको कार्यक्रममा मौलिक र सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिएको थियो ।
किराँती संस्कार, संस्कृति र मौलिक खानाका परिकार समेतको अनुभव लिन सकिने गरि व्यवस्था गरिएको कार्यक्रममा किराँती संस्कृति अनुसार ढोल झ्याम्टा बजाउदै साकेला शिली नाँच प्रस्तुत गरिएको हो ।
औपचारिक कार्यक्रमका सञ्चालक संस्थाकी महासचिव गोमा थुलुङले गरेकी थिइन् । त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य संस्थाका उपाध्यक्ष हापा चाम्लिङले दिनुभएको थियो ।
कार्यक्रममा स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहेको थियो भने कार्यक्रमका प्रमुख अतिथि गैरआवसीय नेपाली संघ साइप्रसका महासचिव धाता नन्द पाण्डे रहनुभएको थियो । पाण्डेले किराती समुदायहरुको राष्ट्रिय चार्ड उभौलीको अवसरमा ‘साकेला बृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रम’ लाई सम्बोधन गर्दै शुभकामना समेत दिनुभएको थियो ।
किराती समुदायहरुको राष्ट्रिय चार्ड उभौलीको अवसरमा ‘साकेला बृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रम’ बारेमा साडेन्मा बान्तावाले स्पष्ट पारेकी थिइन् । त्यस्तै, मनोरञ्जात्मक कार्यक्रमका सञ्चालक लजिना राईले गएकी थिइन् ।
अध्ययन तथा रोजगारीको सिलसिलामा युरोपको साइप्रस पुगेका नेपालीहरूको कार्यक्रममा बाक्लो उपस्थित रहेका थिए । कार्यक्रममा साइप्रसका सबै मुख्य सहरबाट बसको समेत व्यवस्था गरिएको थियो ।
संस्था स्थापना कालदेखि नै सक्रिय रहेको किरात राई यायोक्खा साइप्रसले प्रत्येक वर्ष उभौली पर्वको अवसर पारेर कार्यक्रमहरु गर्दै आएको छ ।
कार्यक्रमका तस्वीरहरु —