बुखारेष्ट, रोमानिया – भगवान गौतम बुद्धको २५६९ औं जन्मजयन्तीको पावन अवसरमा नेपाल तामाङ घेदुङ रोमानियाद्वारा एक विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । काग्यु बुद्धिस्ट एसोसिएसन रोमानियाको संयोजनमा तथा नेपाली समाज, शेर्पा किदुग रोमानिया , नेपाल मगर समाज, तमु समाज र नेपाल किराँत सेवा समाज रोमानियाको सह-आयोजनामा तेस्रो शान्तिपूर्ण -याली आयोजना गरिने भएको हो ।
बुद्ध जयन्तीको दिन १७ मे शनिबार का दिन बुखारेष्टको संसद भवन अगाडि रहेको Constitution Square बाट दिउँसो २:३० बजे शुरु हुने शान्तिपूर्ण ¥याली Uneri हुँदै पुन: संसद भवनमा पुगेर कोण सभामा परिणत हुनेछ ।
कार्यक्रममा गुरुबाट मोलम पाठ तथा पूजा-पाठ गरिनेछ, जसले बुद्धको शान्ति, अहिंसा र सहिष्णुताको सन्देशलाई उजागर गर्नेछ । आयोजकहरूले रोमानियामा रहेका सम्पूर्ण नेपाली समुदाय, संघसंस्थाका प्रतिनिधिहरू तथा बुद्ध धर्मप्रति श्रद्धा राख्ने सबैलाई कार्यक्रममा सक्रिय सहभागिता जनाइदिन अनुरोध गरेका छन् ।
यस कार्यक्रममा किराना पसल, द आदिती किचन, एभरेष्ट रेष्टुरेन्ट र माछापुच्छ्रे रेष्टुरेन्टले सहयोगी भूमिका निर्वाह गर्दैछन् ।
‘भगवान बुद्ध नेपालमा जन्मनु भएको हो र उहाँले दिएको शान्तिको सन्देश विश्वभर फैलियोस’ भन्ने सन्देशलाई विश्व समुदायमा फैलाउनु, यो यालीको मूल उद्देश्य हो ।