बुकारेस्ट, रोमानिया — लामो समयदेखि रोमानियामा कार्यरत रहेका तेह्रथुम घर भएका ३८ वर्षीय जित बहादुर राईको निधन भएको छ। उहाँ रोमानियाको राजधानी बुकारेस्टको सेक्टर ६ स्थित इमाग वायरहाउस मा कार्यरत हुनुहुन्थ्यो ।
प्राप्त जानकारी अनुसार, राईको मृत्यु सुतेकै अवस्थामा भएको हो। काममा नियमित रुपमा उपस्थित हुने उहाँ जब ड्युटीमा देखिनुभएन र फोन सम्पर्कमा पनि नआएपछि उहाँका साथीहरूले शंका व्यक्त गर्दै कोठामा खोजी गरे। ढोका खोलेर हेर्दा उहाँ मृत अवस्थामा सुतेको भेटिएको जानकारी प्राप्त भएको छ ।
उहाँको मृत्युको खबरले परिवारजनलाई गहिरो पीडामा डुबाएको छ। स्वदेशमा रहेका आफन्तजन शोकमा छन् भने रोमानियामा रहेका नेपाली समुदायमा समेत दुःखद तरंग फैलिएको छ ।
हाल मृत्युको कारणबारे स्पष्ट जानकारी प्राप्त नभए पनि आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमका लागि सम्बन्धित निकायहरूले प्रक्रिया अगाडि बढाइरहेका छन् ।
हाल रोमानियामा नेपाली कामदारहरूको संख्या बढ्दो छ। यस्तै क्रममा पछिल्ला महिनाहरूमा एकपछि अर्को गर्दै दुःखद घटनाहरूले ज्यान गुमाउने नेपालीहरूको संख्या बढ्दो छ, जसले प्रवासी नेपाली समुदायलाई चिन्तित बनाएको छ ।
प्रवासी नेपालीहरूले सुरक्षाको प्रत्याभूति, नियमित स्वास्थ्य परीक्षण र आपतकालीन अवस्थाको लागि स्पष्ट संयन्त्र निर्माणको माग गरिरहेका छन् ।
राईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दा छौ ।