Home Login

काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलसँग भेटघाट गरेको छ। बिहीबार राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त भेटमा संघ र राष्ट्र बैंकबीचको आपसी सहकार्य तथा गैरआवासीय नेपालीको लगानी प्रबर्द्धन गर्न आवश्यक नीतिगत विषयहरूमा विस्तृत छलफल भयो । भेटका क्रममा डा. केसीले नवनियुक्त गर्भनर […]

रासस — नेपाली जनसम्पर्क समिति, बेलायतले ‘सभापति कप’ नामक प्रतियोगिता आयोजना गर्ने भएको छ । शनिवार नमस्ते गोर्खा, फेल्थाममा सम्पन्न कार्यसमिति बैठकले समितिका सभापति युवराज गुरुङको अध्यक्षतामा उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । बैठकले नेपाली कांग्रेसको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता फारम वितरण सुरु गर्ने निर्णय समेत गरेको […]

साइप्रस — राष्ट्रपति निकोस क्रिस्टोडाउलिड्सले मंगलबार राष्ट्रपति भवनमा बेलायत-साइप्रस अन्तर-संसदीय समूहका सदस्यहरूसँग भेट गरेका छन् । उक्त भेटले साइप्रस र संयुक्त अधिराज्य बीचको सुदृढ सम्बन्धलाई अझै बलियो बनाउने आशा गरेको छ । सरकारका प्रवक्ता कोन्स्टान्टिनोस लेटिम्बियोटिसले उक्त भेटघाट ‘रचनात्मक र गहन’ भएको बताएका छन् ।  जसमा २०२६ को पहिलो आधामा EU-UK सम्बन्ध, साइप्रस समस्या र […]

( एनआरएनए स्पेनप्रति आइरहेको सामाजिक सञ्जालमा नकारात्मक टिका टिप्पणीप्रति संस्थाको गम्भीर ध्यानाकर्षण सहित प्रेस विज्ञप्ति ) पछिल्लो समय गैर आवासीय नेपाली संघ स्पेनको नाम जोडेर विभिन्न सामाजिक सञ्जालहरूमा नकारात्मक टिका टिप्पणी संस्थाको गरिमामा आँच पुर्‍याउने काल्पनिक मिथ्या आरोप लगाई केही व्यक्ति र फेसबुक पेजबाट पोस्ट भएको भ्रमित र दुषित प्रचारबाजीप्रति संघले गम्भीर ध्यानाकर्षण जनाएको छ […]

बेलायतबाट सञ्चालित संसारकै प्रतिष्ठित रियालिटी शो ‘ब्रिटेन गट ट्यालेन्ट’ मा आफ्नो उत्कृष्ट नृत्य कौशल देखाउंदै एक नेपाली मूलकी चेली फाइनल राउन्ड प्रवेश गर्न सफल भएकी छन् । भारतको आसाम घर भएकी ९ वर्षीया विनिता क्षेत्री प्रतियोगिताको शीर्ष १० मा पर्दै फाइनल पुगेकी हुन्। प्राविधिक रुपले भारतकी भएपनि जाति, भाषा, संस्कृति र मनदेखि पनसम्मले विनिता नेपाली […]

साइप्रस — साइप्रसका लागि बेलायती सर्वदलीय संसदीय समूह (एपीपीजी) को प्रतिनिधिमण्डल मे २९ सम्म साइप्रसमा रहने भएका छन् । प्रतिनिधिमण्डललाई मंगलबार राष्ट्रपति निकोस क्रिस्टोडाउलिड्सले स्वागत स्वागत गर्ने भएका छन् र स्वागत गरेसँगै सदनको भ्रमण समेत गर्ने समय तालिका रहेको छ । सदनको भ्रमण पछि विदेश तथा युरोपेली मामिला समितिसँग भेट गर्ने तालिका रहेको हो । […]

फिनल्याण्ड — फिनल्याण्डले कामदार अनुमतिपत्र भएका विदेशी नागरिकहरूका लागि ३ महिनाको जागिर खोज्ने समयसीमा लागू गर्ने भएको छ । जस्मा आफ्नो जागिर गुमाए पछि नयाँ जागिर खोज्न तीन महिनाको समयसीमा लागू गरेको हो । फिनल्याण्डको आर्थिक मामिला तथा रोजगार मन्त्रालयका अनुसार, जुन २०२५ मा लागू हुने नयाँ कानून अन्तर्गत, निर्धारित समयसीमा भित्र नयाँ रोजगारी फेला […]

विप्लव काफ्ले स्पेन, २७ मे । स्पेनले आप्रवासीहरुका लागि लचिलो हुँदै काम र बसोबासमा सहजता दिन लागेको छ । संसदमा विचाराधीन मस्यौदा पारित भएमा आप्रवासीहरुलाई सहज हुने देखिएको छ । आप्रवासी सम्बन्धि नियमलाई सरल बनाउन सदनमा छलफल चलिरहेको छ । २ वर्ष नियमित स्पेनमा बसेकाहरुलाई वैधानिक रुपमै काम र बसोबासका लागि केही नियम जारी भएका […]

साइप्रस — साइप्रसको दोस्रो ठुलो सहर लिमासोलमा आइतवार २१ वर्षीय डेलिभरी चालकको सडकमै मृत्यु भएको छ, मृत्यु हुनेमा पाकिस्तानी नागरिक अबु जार रहेको पुष्टि भएको हो । लिमासोल प्रहरी प्रवक्ता मारियोस चारालाम्बोसका अनुसार, दुर्घटना राति ९.२५ बजे स्पाइरोस किरियानो एभिन्यूमा भएको थियो । अनुसन्धानको क्रममा रहेको अवस्थामा, ग्रेगोरिस अफ्सेन्टियो स्ट्रिटमा मोड्न खोज्ने ५५ वर्षीय कार […]

काठमाडौँ — इन्फा अवार्ड २०२५ का लागि १७ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । इन्फा इभेन्ट्स र इन्फा नेपालले बेलायतको लन्डनमा आयोजना गर्ने अवार्डका लागि हरेक विधामा उत्कृष्ट पाँचको घोषणा गरिएको हो ।  अवार्ड कार्यक्रम आगामी भदौ २८ गते (१३ सेप्टेम्बर ) लन्डनको ग्रिनफोर्ड टाउन हलमा हुँदैछ । गौरी मल्ल संयोजक तथा रमेश […]