Home Login

काठमाडौं — काठमाडौंस्थित अमेरिकी दूतावासले संयुक्त राज्य अमेरिकाको भिसा प्राप्त गरेका व्यक्तिहरूलाई आफ्नो भिसाको सही तरिकाले प्रयोग गर्न आग्रह गरेको छ । बुधबार सामाजिक सञ्जालमार्फत एक सूचना जारी गर्दै दूतावासले भिसाका सर्तहरूको पालना गर्नु प्रत्येक भिसा धारकको महत्त्वपूर्ण जिम्मेवारी भएको स्मरण गराएको हो । दूतावासले जारी गरेको सूचनामा भनिएको छ, “तपाईँको भिसालाई सही तरिकाले प्रयोग […]

मुख्य समाचार : लामा आपडको आयोजनामा साइप्रसमा विशेष हरितालिका तीज कार्यक्रम हुने । – कार्यक्रम ‘एटिकोन हल’मा आयोजना हुने, स्थान निश्चित। – आयोजकद्वारा सम्पूर्ण साइप्रसवासी नेपालीहरूलाई सहभागिताको लागि आह्वान। – सिट सुरक्षित गर्न चाँडै टिकट लिन अनुरोध। साइप्रस — आउँदो अगस्ट २४ तारिख, आइतबारका दिन साइप्रसको पाफोसमा ‘लामा अपार्ट’को आयोजनामा भव्य हरितालिका तीज विशेष कार्यक्रम […]

पोर्चुगल — लिस्बनको सडकमा लामो समयदेखि जीवन गुजारिरहेका एक नेपाली नागरिकको गैरआवासीय नेपाली संघ, पोर्चुगलको सक्रिय पहलमा उचित व्यवस्थापनसहित उद्दार गरी आज स्वदेश फिर्ता गरिएको छ । झापा जिल्ला निवासी श्री कट्टेल (नाम गोप्य) वैदेशिक रोजगारीको आशमा पोर्चुगल आएका थिए । तर, विभिन्न पारिवारिक र व्यक्तिगत समस्याका कारण उहाँको जीवन असहज बन्दै गयो । कामको […]

दीपक भण्डारी । पोर्चुगल —  नेपालीहरूको हकहितका लागि क्रियाशील गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले ओदिमिरा नगरपालिका अन्तर्गत बेजा जिल्लाको फतका क्षेत्रमा भीषण आगलागीबाट प्रभावित नेपाली श्रमिकहरूलाई राहत वितरण गरेको छ । एनआरएनए पोर्चुगलका अध्यक्ष दीपा काफ्लेको नेतृत्वमा सम्पन्न उक्त राहत वितरण कार्यक्रममार्फत बिफ्रुट कम्पनीमा कार्यरत रहेका १६ जना नेपाली श्रमिकहरूलाई आवश्यक सामग्री तथा सहयोग प्रदान […]

लिस्बन, पोर्चुगल — पोर्चुगलको लिस्बनमा अवस्थित नेपाली राजदूतावासले राहदानीका लागि आवेदन दिएका नेपाली नागरिकहरूका लागि एक अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ । दूतावासका अनुसार, ‘लट १’ र ‘लट २’ अन्तर्गत आवेदन दिएका थप आवेदकहरूको राहदानी नेपालबाट प्राप्त भइसकेको र वितरणका लागि तयार रहेको जानकारी गराइएको छ । दूतावासले मंगलबार एक सूचना जारी गर्दै सम्बन्धित […]

पोर्चुगल — आउँदै गरेको हरितालिका तीजको अवसरमा पोर्चुगलमा बसोबास गर्ने लमजुङवासीहरूले एक विशेष कार्यक्रम आयोजना गर्ने भएका छन् । लमजुङ्गे चेलीबेटीहरूलाई दर खुवाउने तथा विशेष सांगीतिक मनोरञ्जन प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । आफ्नो मौलिक संस्कृति र परम्परालाई विदेशमा पनि जीवन्त राख्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा पोर्चुगलमा रहनुहुने सम्पूर्ण लमजुङवासी […]

माल्टा —  नेपाली लोकदोहोरी क्षेत्रकी प्रख्यात गायिका शान्ति श्री परियार, हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा युरोपका विभिन्न देशमा आफ्नो सांगीतिक प्रस्तुति दिन युरोप आउने भएकी छिन् । उनको यो पहिलो युरोपेली सांगीतिक यात्रा माल्टाको राजधानी भ्यालेटाबाट अगस्ट ९ तारिखमा सुरु हुने भएको छ । “नेपाली भाषा, नेपाली संस्कृति र नेपाली चलचित्रलाई माया […]

पोर्चुगल — पोर्चुगलको संसदले अति-दक्षिणपन्थी राजनीतिक दल ‘सेगा’ का अध्यक्ष आन्द्रे भेन्चुरा र सोही दलकी सांसद रीता माटियासविरुद्ध अनुसन्धान सुरु गरेको छ । उनीहरुमाथि संसदीय सुनुवाइका क्रममा प्राप्त आप्रवासी बालबालिकाको गोप्य सूची र नामहरू सार्वजनिक गरेको गम्भीर आरोप लागेको छ । घटना केही समय अघिको हो जब सांसद भेन्चुरा र माटियासले एक संसदीय समितिको बैठकमा […]

काठमाडौँ —  सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ । विभागले मंगलबार सूचना जारी गर्दै विभागबाट दर्ता तथा नवीकरणको कार्य रोकिएको जानकारी गराएको हो । सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ को व्यवस्थाअनुसार अब जिल्ला प्रशासन कार्यालयबाट अनलाइन दर्ता हुने व्यवस्था रहेको विभागले जनाएको […]

पोर्चुगल — पोर्चुगलमा आप्रवासन र आवासीय अनुमति सम्बन्धी मामिला हेर्ने सरकारी निकाय, एजेन्सिया पारा अ इन्टेग्रासाओ, मिग्रासोएस ए आसिलो (AIMA), ले आफ्नो सेवालाई आधुनिकीकरण गर्ने क्रममा दुई नयाँ र महत्त्वपूर्ण अनलाइन सेवाहरू सुरु गरेको छ । यी सेवाहरूले आवासीय अनुमति आवेदकहरूलाई प्रक्रियामा थप सहजता प्रदान गर्ने लक्ष्य राखेका छन् । पहिले SEF (Serviço de Estrangeiros […]