Home Login
प्रवास

पोर्चुगल आइपुगे गायक राजेश पायल राई

पोर्चुगल — लोकप्रिय गायक राजेश पायल राई अर्थात राई इज किङ आफ्नो सांगीतिक कार्यक्रमको लागि जनवरी २३ तारिख शुक्रबार पोर्चुगल आइपुगेका छन् ।

जनवरी २५ अर्थात आइतबारका दिन लिस्बनमा आयोजना हुने ‘राजेश पायल राई लाइभ इन पोर्चुगल’ कार्यक्रममा सांगीतिक प्रस्तुति दिन उनी पोर्चुगलको राजधानी लिस्बन आइपुगेका हुन् ।

लिस्बनको‌ विमानस्थलमा गायक राईलाई आयोजक संस्था नेपाल राष्ट्रिय तामाङ घेदुङ, पोर्चुगलका अध्यक्ष सहित कार्यसमितिका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

लिस्बनको कार्यक्रममा आफूले दुई दर्जन बढी आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्ने गायक राईले जानकारी दिएका छन् । अष्ट्रियाको भियनाबाट‌ लिस्बन पुगेका गायक राई लिस्बनको कार्यक्रम सम्पन्न गरेर फिनल्याण्ड तर्फ प्रस्थान गर्ने छ्न् ।

Leave a Reply