पोर्चुगल निवासी ९ बर्षिया खुसी खनालद्धारा ८ पुस्तक प्रकाशित

पोर्चुगल । पोर्चुगल निवासी ९ बर्षिया ३ कक्षामा अध्ययनरत खुशी खनाललाई कुनै बिषय दिनासाथ उन्ले सो बिषयमा कविता लेख्न सक्छिन र आफूलाई Guinness World Records मा समाबेश गर्न चाहन्छिन । The Poems of small Khushi को अंग्रेजीमा २ र पोर्तुगिजमा ६ गरी जम्मा ८ भाग आइसकेको छ भने साप्ताहिक रुपमा उन्को कविता Sahityapost English मा आउने गर्छ ।

पोर्तुगिजमा खुशीले १० पुस्तक लेखिसकेकी छिन र एघारौं लेख्दैछिन भने अंग्रेजीमा तेश्रो पुस्तक लेख्दैछिन । यसरी उन्का ४ पुस्तक प्रकाशोन्मुख अवस्थामा छ ।

खुशीले पहिलो कविता गत बर्षको अप्रिलको १३ तारिख लेखेकी हुन । फरवरी १५ सम्ममा उन्ले पोर्तुगिजमा ६०० भन्दा बढी र अग्रेजीमा सरदर २०० शब्दका २६० कविता लेखिसकेकी छिन । “THE POEMS OF SMALL KHUSI” नामक अग्रेजी र पोर्चुगिस भाषाका उनका आठ कविता संग्रह पोर्चुगलको एक प्रकाशकले प्रकाशित गरिसकेको छ । अन्य केही पुस्तक प्रकाशनका लागि पर्याप्त सामग्री तयार भैसकेका छन र उनका पुस्तकहरु www.khusikhanal.com मा उपलब्ध छन र त्यहीँबाट डाउनलोड गर्न पनि सकिन्छ ।


गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले खुशीलाई उत्प्रेरित र अभिप्रेरित गर्ने अभिप्रायले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आफूलाई दिइने जुनसुकै शिर्षकमा पनि एक दिनमा एकसय वटा पोर्चुगिस र पचास वटा अग्रेजी भाषामा कविता लेख्न सक्ने कुरा बताइन खुशीले ।

हामीले अनलाइन कुराकानी गर्ने सिलसिलामा ध्यानको बिषयमा कविता लेख्न लगाउँदा खुशीले करीब ४ मिनेटमा कविता लेखिन ।

भक्तिप्रसाद खनाल र आमा टीका ढकाल खनालकी छोरी खुशी अहिले आफ्नो बुबाआमाका साथ पोर्चुगलको राजधानी लिस्बनमा बस्छिन् र त्यहीँको स्थानिय स्कूलमा ३ कक्षामा पढ्दै छिन ।

अप्रिलको १३ तारिखका दिन खुशीले पहिलो कविता लेखेका कारण आगामी अप्रिल १३ तारिखका दिन उनी आफ्नो कविताको पहिलो जन्मोत्सब मनाउन चाहन्छिन । र, यो कार्यक्रममा जुम मार्फत विस्वभरीबाट सहभागी हुन सकिने ब्यबस्था मिलाइनेछ । सो कार्यक्रममा केही समय बिभिन्न ब्यक्तिद्धारा दिइने बिषयमा खुशीले कविता लेख्ने कार्यक्रम पनि राखिनेछ ।

उन्को युट्युब च्यानल पनि शुरु गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *