युट्युवको ग्लोबल ट्रेन्डिङमा नेपाली फिल्मको गीत ‘रुकुम मैकोट’

ad1 ad1

युरोप।

केन्द्र मोसन पिक्चर्सबाट सार्वजनिक भएको नेपाली फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ युट्युवको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ ।

युट्युवको ‘विश्वभर हेरिएका शीर्ष १०० म्युजिक भिडियो’मा यो गीत ७३ औं स्थानमा छ ।‘कश्मिरे पछ्यौरी’ पछि ‘रुकुम मैकोट’ युट्युवको ग्लोबल ट्रेन्डिङ पर्ने दोस्रो नेपाली गीत हो भने ग्लोबल ट्रेन्डिङमा पर्ने नेपाली फिल्मको पहिलो गीत हो ।

केन्द्र मोशन पिक्चर्स युट्युब च्यानलबाट सार्वजनिक भएको गीत नेपालको भने युट्युब ट्रेनिङको नम्बर १ मा रहेको छ।

अगस्ट २५ मा केन्द्र मोसन पिक्चर्सको युट्युव च्यानलमा रिलिज भएको यो गीतमा धीरज मगर र उपासनासिंह ठकुरी फिचर्ड भिडियोलाई अहिलेसम्म १ करोड ३७ लाख पटक हेरिएको छ ।

एसडी योगीद्वारा संगीतबद्ध गीत गतसातादेखि नेपाली हलमा रिलिज भएको फिल्म ‘खुस्मा’मा समावेश छ ।

लोकलय र मनछुने शब्दको कारण यो गीत टिकटकमा पनि भाइरल बनिरहेको छ ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *