लिस्बनस्थित ओलाइसबाट २१ तारिखसम्म कन्सुलर सेवा हुने

ad1 ad1

लिस्वान — डिसेम्बर १२ तारिख देखि चलिरहेको पोर्चुगलको राजधानी लिस्वानमा राहदानी (ई-पासपोर्ट) वितरणको कार्य अब डिसेम्बर २१ सम्म चल्ने भएको छ।

फ्रान्सका लागि राजदूत सुधीर भट्टराईको टोलीले राहदानी (ई-पासपोर्ट) वितरण सँग-सँगै यही पुष ३ देखि ६ गते सम्म (तदनुसार डिसेम्बर १८ देखि २१ गते सम्म) बिहानको ९ बजेदेखि बेलुकी ५ बजेसम्म अधिकृत वारेसनामा बाहेक अन्य कागजजात प्रमाणकरण सम्बन्धी सम्पूर्ण सेवाहरू प्रहरी चरित्रिक प्रमाणपत्र तथा अन्य कागजात प्रमाणीकरण सेवाहरू पनि उपलब्ध गराउने भएको हो ।

उक्त सेवाको लागि हाल सञ्चालित राहदानी वितरण केन्द्र लिस्बनस्थित ओलाइसमा सम्बन्धित सेवाग्राही आफैँ वा कागजाजातबाट नाता खुल्ने प्रमाणसहित एकाघरको पारिवारको सदस्य उपस्थित भई उक्त सेवा लिन सकिने भएको नेपाली राजदूतावास पेरिसले विज्ञप्तिमा बताएको छ ।

(साथै कन्सुलर सेवा लिनको लागि देहाय बमोजिम कागजात र प्रक्रियाहरू अनिवार्य रुपमा पालना गर्नुपर्ने समेत भएको छ।)

१). प्रहरी चरित्रिक प्रमाणपत्र प्रमाणकरणको लागि आवश्यक कागजातहरू :

– व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ, यदि व्यक्ति स्वयं उपस्थिति हुन नसकेमा मन्जुरीनामा दिनुपरेमा प्रमाणपत्र नाता खुल्ने कागजत भएका एकाकारको सदस्यहरूलाई मात्र प्रमाणित कागजात उपलब्ध गराइने भएकाले पतीको हकमा विवाहदर्ता प्रमाणपत्र, बच्चाको हकमा जन्मदर्ता प्रमाणपत्र तथा अन्य सदस्यको हकमा नाता प्रमाणित कागजात अनिवार्य रुपमा साथमा ल्याउनु पर्नेछ।

नेपालको कन्सुलर सेवा विभागबाट प्रमाणित गरिएको : प्रहरी चरित्रिक प्रमाणपत्रको कलर पेन्ट,रितपूर्वक भरेको निवेदन,रहदानीको फोटोकपि,प्रमाणीकरण वापत लाग्ने दस्तुर १ सय युरो तिरेको बैंक स्लिप,

२). कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट प्रमाणित गरी ल्याएको जन्मदर्ता प्रमाणपत्र,विवाहदर्ता प्रमाणपत्र, राहदानीको प्रतिलिपि,नाता प्रमाणित,सिफारिस प्रक्रियाका कागजात प्रमाणीकरणका लागि आवश्यक कागजातहरु :

माथि उल्लेखित प्रकृतिका कागजातहरूको सकल प्रति, रितपूर्वक भरेको निवेदन, राहदानीको फोटोकपि, बुँदा नम्बर १ मा उल्लेख भए बमोजिम प्रक्रिया पूरा भएको, प्रमाणीकरण बापत लाग्ने दस्तुर ५० युरो तिरेको बैंक स्लिप, पोर्चुगलको रेसिडेन्सी कार्डको फोटोकपी,

३). कन्सुलर सेवा विभाग,त्रिपुरेश्वरबाट प्रमाणित गरी ल्याएको शैक्षिक प्रमाणपत्रहरू प्रक्रियाक्रमको लागि आवश्यक कागजहरु :

माथि उल्लेखित प्रकृतिका कागजातहरूको सकल प्रति, रितपूर्वक भरेको निवेदन, राहदानीको फोटोकपि, बुँदा नम्बर १ मा उल्लेख भए बमोजिम प्रक्रिया पूरा भएको, प्रमाणीकरण बापत लाग्ने दस्तुर १५ युरो तिरेको बैंक स्लिप

राजदूतावासको खाताको विवरण :

Beneficiary Name: Embassy of Nepal Paris Account IBAN: FR7630003033920015036235095           Bank Name: Societe Generale Bank Paris Swift Code: SOGEFRPP

 

 

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *