फ्रान्स— नेवाःगुठी फ्रान्सले आफ्नो उद्देश्य र मिशनको साथ सामाजिक कार्यमा अग्रसर हुने, नेवा: समुदायको भेष-भुषा, पहिचान र संस्कृतिलाई फ्रान्समा बचाएर राख्ने उद्देश्यले पहिलो भेला सम्पन्न गरेको छ।
१५ डिसेम्बर देखि लागु हुने गरी, सर्वसहमतिको आधारमा दीपक महर्जनको अध्यक्ष सहित उपाध्यक्षमा रबी राज श्रेष्ठ,महासचिव मिन श्रेष्ठ,कोषाध्यक्षमा कोपिला राय (कायस्था) र सह-कोषाध्यक्षमा राजेन्द्र बाबु श्रेष्ठ रहेका छन्।
त्यस्तै सदस्यहरुमा रन्जीत श्रेष्ठ,कमल श्रेष्ठ,निता डंगोल,सोनिया श्रेष्ठ,श्रीराम श्रेष्ठ र रन्जन खोटेजा रहेका छन्।
नेवाःगुठी फ्रान्सले सल्लाहकारहरु पनि चयन गरेका छन्,जसमा मुकुन्द अमात्य, कबीन्द्र कायस्था, अनीता शाक्य, रामेश्वर श्रेष्ठ, सुरज श्रेष्ठ, शालु श्रेष्ठ, मिरा महर्जन, सुमित्रा प्रधान र रिना श्रेष्ठ रहेका छन्।
नेवाःगुठी फ्रान्सको नयाँ कार्यसमितिले समाजमा प्रभावकारी ढंगले सेवा पुर्याउन, संस्कृतिको संरक्षण गर्न र समुदायको सशक्तिकरणका लागि काम गर्ने दृढ प्रतिबद्धता जनाएको छ।