Home Login
खेलकुद

जोटाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै रोनाल्डोले भने- विश्वास गर्न सकिरहेको छैन

पोर्चुगल — लिभरपुल र पोर्चुगलका फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएपछि विश्वभरबाट शोक सन्देश आइरहेका छन्। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि सामाजिक सञ्जालमार्फत गहिरो समवेदना प्रकट गरेका छन्।

रोनाल्डोले लेखेका छन्, ‘केही समयअघि मात्र हामी राष्ट्रिय टिममा सँगै थियौं। अझै भर्खर तिमी विवाह बन्धनमा बाँधिएका थियौ। यो विश्वास गर्नै गाह्रो भइरहेको छ।

उनले जोटाको परिवारप्रति समवेदना प्रकट गर्दै थप लेखे, ‘तिम्रो परिवार, श्रीमती र बच्चाहरूलाई मेरो समवेदना। म उनीहरूलाई संसारकै सबैभन्दा ठूलो शक्ति र हिम्मतको कामना गर्छु। मलाई थाहा छ, तिमी सधैं उनीहरूका साथ रहनेछौ।

अन्त्यमा रोनाल्डोले लेखेका छन्, ‘रेस्ट इन पिस, डियगो र आन्द्रे। हामी सबै तिमीलाई धेरै सम्झनेछौं।’रोनाल्डो र जोटाले सँगै खेलेर गत महिना सम्पन्न यूईएफए नेसन्स लिग फुटबलको उपाधि जितेका थिए । जोटासँगै कारमा रहेका उनका भाइ आन्द्रे सिल्भाको पनि निधन भएको छ ।

Leave a Reply