स्पेन । स्पेनको आल्वासेते स्थितवा लारोदामा दुर्घटनामा परि दुई नेपाली घाइते भएका छन् । खेतीको काम सकेर फर्किने क्रममा अनियन्त्रित भएको गाडी एक्कासी पहाडको भित्तामा ठोकिन पुगेको थियो ।
गाडीमा रहेका एक नेपालीको टाउकोमा गम्भीर चोट लागेको छ भने अर्की एक महिला सामान्य घाइते भएकी छन् । गाडीमा अन्य ६ जना नेपाली समेत थिए । उनीहरु सकुशल रहेको जनाइएको छ ।
दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ । घाइते दुवै जना स्पेन आएको महिना दिन पनि पुगेको थिएन । घाइतेलाई नजिकैको अस्पताल लगिएको छ । घटनास्थल नजिक रहेका ८ जना नेपालीलाई स्पेनको प्रहरीले नियन्त्रणमा लिएको छ ।