Home Login
पोर्चुगल

लिस्बनमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

पोर्चुगल — नेपालमा भएको जेनजी आन्दोलनकाको क्रममा दुखद घटनाप्रति ऐक्यबद्धता जनाउँदै पोर्चुगलमा रहेका जेनजीको समर्थकहरूको आह्वानमा पोर्चुगलको राजधानी लिस्बनस्थित अलामेडा पार्कमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

पोर्चुगलको राजधानी लिस्बन आसपासमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा, भदौ २४ गते (सेप्टेम्बर ९, २०२५) मा जेनजीद्वारा आयोजित विरोध सभामा अकालमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा सहभागीहरुले मैनबत्ती बाली दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै न्याय र उत्तरदायित्वको माग गरेका थिए । कार्यक्रम बेलुकी ७ बजेदेखि सुरु भएको थियो ।

Leave a Reply