पोर्चुगल — रोजगारको शिलसिलामा पोर्चुगलमा रहँदै आएका म्याग्दीका एक युवक विगत तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । म्याग्दीको मालिका गाउँपालिका, वडा नं. ०५ निवासी चरन घर्ती मगर पोर्चुगलको राजधानी लिस्वनबाट सम्पर्कविहीन हुनुभएको हो ।
प्राप्त जानकारी अनुसार, चरन घर्ती मगर पछिल्लो समय पोर्चुगलको पोन्ता देलगादा भन्ने ठाउँमा आफ्नै बुवा चन्द्र बहादुर घर्ती मगरसँगै बस्दै र काम गर्दै आउनुभएको थियो । तीन दिनअघि उहाँ ‘नेपाल जान्छु’ भनी लिस्वन आउनुभएको थियो । तर, लिस्वन आइपुगेपछि उहाँले नेपाल जाने टिकट रद्द गरेको र ‘यहिँ लिस्वनमै काम गर्छु’ भनेर बुवालाई जानकारी गराउनुभएको थियो ।
उहाँका बुवा चन्द्र बहादुरका अनुसार, सोही जानकारीपछि छोरा चरन सँग उहाँको सम्पर्क हुन सकेको छैन । विगत तीन दिनदेखि छोरा सम्पर्कविहीन भएपछि चिन्तित बन्नुभएका बुवाले खोजी कार्यमा सहयोगका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगललाई आग्रह गर्नुभएको थियो ।
बुवाको आग्रह पछि, मोना पोर्चुगलले एक सार्वजनिक सूचना जारी गर्दै खोजी कार्यका लागि अपिल गरेको छ । “लिस्वन एरिया वा जहाँ कहिँ हुनुहुने नेपाली समुदाय, सम्पूर्ण संघसंस्थाका पदाधिकारी ज्यूहरूलाई खोजी कार्यको लागि सहकार्य गर्दिनुहुन हार्दिक अनुरोध गर्दछौं,” मोनाद्वारा जारी सूचनामा भनिएको छ ।
संस्थाले चरन घर्ती मगरलाई कहिँ कतै कसैले देख्नुभएमा वा उहाँको बारेमा कुनै जानकारी प्राप्त भएमा तुरुन्तै निम्न नम्बरहरूमा सम्पर्क गरी सहयोग गरिदिनुहुन पोर्चुगलवासी सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेको छ ।
सम्पर्कका लागि :
चन्द्र बहादुर घर्ती मगर (बुवा) : 920090796
तिलक बहादुर पुन (अध्यक्ष, मोना पोर्चुगल) : 920326664 कृष्ण मल्ल (महासचिव, मोना पोर्चुगल) : 920568475





