Home Login
फिफा विश्वकप

पोर्चुगल विश्वकपमा छनोट

पोर्चुगल — पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत पोर्टोको इस्टेडियो डो ड्रागाओमा आइतबार आर्मेनियाविरुद्ध भएको खेलमा ९–१ को जितसहित पोर्चुगलले सातौँ पटक लगातार विश्वकपमा सहभागिता सुनिश्चित गरेको हो ।

कप्तान क्रिस्टियानो रोनाल्डो बिना मैदान उत्रिएको पोर्चुगलले खेल अवधीभर आर्मेनियालाई दबाबमा राख्यो ।
खेलमा ब्रुनो फर्नान्डेस र जाओ नेभेसले ह्याट्रिक गरे ।

९–१ गोलको फराकिलो जितसँगै पोर्चुगल यूईएफए समूह ‘एफ’ को शीर्षमा रहँदै सिधै विश्वकप २०२६ का लागि छनोट हुन सफल भयो ।

Leave a Reply