Home Login
प्रवास

कतारको राष्ट्रिय दिवसमा १३ नेपालीले पाए आममाफी

कतार —  कतारी अमिरले जेलमा रहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएका छन् । कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर उनीहरूलाई आममाफी दिइएको हो ।

नेपाल सरकारले कतारको यस मानवीय कदमप्रति कृतज्ञता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस आममाफीलाई नेपाल र कतारबीचको गहिरिँदै गएको मित्रता र सौहार्दपूर्ण सम्बन्धको प्रतीकका रूपमा मूल्यांकन गरेको छ ।

मन्त्रालयले यस्ता कदमले दुई देशबीचको आपसी विश्वास र सहकार्यलाई थप मजबुत बनाउने विश्वास समेत व्यक्त गरेको छ । कतारले आममाफी पाएका व्यक्तिहरूको कैद अवधि र जरिवानाको विस्तृत विवरण भने खुलाएको छैन ।

Leave a Reply