• केजिन राई
काजाब्लांका क्यासेल्लो — बेल्जियममा आज भएको स्थानीय निकायको निर्बाचनमा दुई नेपाली मुलका उमेदवारहरूले नया इतिहास रच्दै निर्बाचित भएका छन ।
बेल्जियमको राजनीतिमा नेपालीको नबिन छलांग मार्दै तिन दशक यता नेपाली बसोबास गर्न थाले यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा नेपालीहरु बिजयी भएका हुन ।
दोश्रो पुस्ताको सानदार आगमन संगै भबिष्यको राजनैतिक बाटो उज्वल गराएका छन ।
स्वायत्त र भाषिक आधारमा तिन प्रान्त रहेको संघीय र राजतन्त्रात्मक मुलुक , युरोपको राजधानी को रूपमा समेत परिचित बेल्जियमको आज सम्पन्न स्थानिय निकायको निर्बाचनमा निर्बाचन अन्तर्गत ब्रुगे नगरपालिकाको सदस्यमा नेपाली दोश्रो पुस्ताकी प्रज्ञा तिमील्सिना र लुभेन नगरपालिका सदस्यमा पहिलो पुस्ताका सुर्य ढकाल निर्बाचित भएका हुन् । निर्बाचनमा अन्य नगरपालिका र अन्य क्षेत्रमा ११ नेपालीहरुपनि उमेदवार बनेको भएपनि तिमिल्सिना ७८८ र ढकाल १०७४ मत प्राप्त गरी निर्बाचित भएका हुन् ।
ब्रुगे नगरपालिकाको सदस्यमा निर्बाचित तिमिल्सिना सानो उमेरमा राजनीतिमा प्रवेश गरेकी हुन् । उनि सबैभन्दा कम उमेरमा उक्त नगरको सदस्यमा निर्बाचित भएकी हुन् । उनि बहालवाला मेयरको पार्टी CD&V बाट उमेदवार बनेकी हुन् ब्रुगे नगरको मेयरमा डिक डे फाव Dirk De Fauw निर्बाचित भएका छन् । निर्बाचनमा खसेको मत मध्ये ३८.४ प्रतिशत मत सहित उनीहरुको पार्टी CD&V पार्टी पहिलो बनेको छ ।
मणिपाल अस्पताल पोखरा कास्की नेपालमा जन्मिएकी सबैभन्दा कान्छी सदस्यको रुपमा निर्बाचित २१ बर्षिया प्रज्ञाले निर्बाचनमा सहयोग गर्नेहरुप्रति आभार प्रकट गरिन । आफ्नो बुवाको प्रेरणाबाट आफुलाई राजनीतिमा प्रवेश गर्न मन लागेको उनले बताइन । उनका बुवा नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमका निबर्तमान सभापति एबम नेपाल बिद्यार्थी संघ कास्कीका पूर्व सभापती पूर्ण तिमिल्सिना हुन् ।
बेल्जियमको स्थानीय निर्वाचन यस पटक करिब पैतालिस प्रतिशतको हाराहारीमा मात्र मत खसेको थियो। भने गत निर्बाचनमा ६० प्रतिशत मत खसेको थियो ।यसपटक ५ बर्ष बैधानिक रूपमा बेल्जियम बसेकाले पनि मतदान गर्न पाऊने ब्यबस्था गर्नुका साथै मतदानको लागि अनिबार्य ब्यबस्था नगरेको कारण मत कम खसेको अनुमान गरिएको छ ।
गाऊपालिका नगरपालिका सहित ५८१ स्थानमा भएको निर्बाचनमा सूर्य ढकाल सत्तारुढ Vooruit पार्टीबाट लुभेन नगरपालिकामा बिजयी बनेका हुन ।
आधिखोला गाँउपालिका,फापरथुम निबुवाबोट स्यांग्जामा जन्मिएका ढकालले आफू बिजयी बनेपछी प्रतिकृया दिदै भन्नु भयो “ निर्बाचनमा मतदाता र सहयोगी सबैलाई नमन । नेपालीले बेल्जियममा नया इतिहास रच्दै आऊने पुस्तालाई बेल्जियमको राजनीतिमा झनै ढोका खुला भएको छ”। “यो सान्दार जित मेरो हैन समस्त नेपालीको जित हो ।अब नेपाली समाज एकताबद्द बनाऊने र नेपालीको हितमा काम गर्ने प्रमुख दायित्व हुनेछ ।नबनिर्बाचित उम्मेदवार ढकालले टेलिनेटमा यस सम्बाददाता संग भन्नु भयो ।
अनुमानित १५ हजार नेपाली बसोबासगर्ने बेल्जियमको लुभेन क्षेत्रबाट कृष्ण सगुन क्षेत्री CD&V र ब्रुज क्षेत्रबाट रमेश कडेल Vooruit जितको नजिक पुगेर पराजित भएका छन ।
अन्य उम्मेदवारहरू बिरमान मगर पिभिडिआ लुभेन ब्रुज क्षेत्र घन श्याम काफ्ले एन्त्रोपेन क्षेत्र श्याम श्रेष्ठ ,तिनेनक्षेत्र बुद्ध बस्नेत ,सिन्त निकोलस क्षेत्रबाट अनमोल चापागाई, ब्रसेल्सबाट हरि श्रेष्ठ उम्मेदवार रहनु भएको थियो ।