Home Login
खेलकुद

नेशन्स लिग फाइनल : स्पेन र पोर्चुगल आज भिड्दै

(युरोपियन च्याम्पियन स्पेन र त्यसको परम्परागत प्रतिद्वन्द्वी पोर्चुगल आज युइएफए नेशन्स लिगको फाइनल खल्दैछन्।)

पोर्चुगल — जर्मनीको म्युनिखस्थित अलिआन्ज एरिनामा फाइनल पोर्चुगलको समय अनुसार राति ८ बजे देखी सुरु हुनेछ।

सन् २०१९ मा पहिलोपटक यो प्रतियोगिता जितेको पोर्चुगलले चौथो संस्करणमा साविक  विजेता स्पेनको सामना गर्दैछन् ।  जुन टोली जितेपनि दुई पटक नेशन्स लिग जित्ने पहिलो राष्ट्र बन्ने छ । यी दुई बाहेक फ्रान्सले नेशन्स लिगको उपाधि जितेको छ ।

स्पेन र पोर्चुगलको इतिहास —

२०१० को विश्वकप यता यी दुई टोलीबीचको प्रतिस्पर्धा तुलनात्मक रुपमा बराबरीको देखिएको छ । पछिल्ला ८ खेलमध्ये स्पेनले २ जितेको छ । पोर्चुगलले १ खेल जितेको छ । बाँकी खेल बराबरीमा टुंगिएको थियो ।

यसमध्ये सबैभन्दा रोचक खेल २०१८ को विश्वकपमा भएको ३- ३ बराबरी हो। दुवै टोलीले पछिल्ला ५ खेलमा क्लिनसिट राख्न सकेका छैनन् ।

पोर्चुगल —

पोर्चुगलले यसपटक सेमिफाइनलमा जर्मनीलाई २- १ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । खेलमा युभेन्टसका विङ्गर चिको कोन्सेइसाओ र सधैंजस्तै गोल स्कोरर क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए । ४० वर्षे कप्तान रोनाल्डो यस पटक पनि उच्च गोलकर्ता बन्ने र आफ्नो देशका लागि तेस्रो उपाधि जिताउने लक्ष्य साथ मैदानमा उत्रनेछन् ।

गोनसालो टोलीमा फर्किएका छन् । बायर्न म्युनिखका डिफेन्डर राफाएल गुएरेइरो पनि फाइनलअघि अभ्यासमा सहभागी भएका थिए ।

रोनाल्डोले भने,’फेरी ट्रफी उठाउने चाहना छ । वर्षभर जित पाइँदैन, तर खेल त्यस्तै हो । सधैं जितिँदैन । आशा छ आइतवार पोर्चुगलका लागि खुसीको दिन हुनेछ ।

‘हामीले सेमिफाइनलमा जस्तो प्रदर्शन गरेमा उपाधि जित्न सक्छौं। स्पेन बलियो टोली हो, तर यो खेल टेक्निकल वा ट्याक्टिकल होइन, आत्मबल र दृढता देखाउने खेल हो, प्रशिक्षक रोबर्टो मार्टिनेजले भने ।

स्पेन —

स्पेनले सेमिफाइनलमा फ्रान्सलाई ५-४ ले हराउँदै ऐतिहासिक जित निकालेको हो । खेलमा १७ वर्षे सनसनी लामिन यामालले २ गोल गरे भने निकोल विलियम्स, मिकेल मेरिनो र पेड्री ले पनि गोल गरे।

यो खेल नेशन्स लिग इतिहासको सबैभन्दा धेरै गोल भएको खेल हो ।

प्रशिक्षक लुइस डे ला फुएन्टे ले टोलीका सबै खेलाडी उपलब्ध रहेको जनाउँदै फाइनलका लागि बलियो टोली उतार्ने बताएका छन् ।

लामिन यामालको बारेमा उनले भने, ‘उनी निकै परिपक्व छन् । उमेर अनुसारको भन्दा बढी परिपक्वता देखाएका छन् । हामी लामो समयदेखि उनको विकासमा साथ दिइरहेका छौँ।’

यस खेलबाट प्रशिक्षक डे ला फुएन्टे स्पेनको इतिहासमै सबैभन्दा धेरै उपाधि जित्ने प्रशिक्षक बन्ने अवसरमा छन् । ‘हामी जुनसुकै टोलीसँग प्रतिस्पर्धा गर्न सक्षम छौँ। हामी आफैंमा विश्वास गर्छौं । युरो होस् या नेशन्स लिग – कसैले सजिलै जित्न दिँदैन । तर हामी सबैलाई हराउन सक्ने क्षमतामा छौं, स्पेनका प्रमुख स्ट्राइकर मिकेल ओयार्जाबालले भने ।

Leave a Reply