Home Login
प्रवास

नोभेम्बर पाँच (५ ) मा साइप्रसमा ‘घरजम’ हुदै

साइप्रस  नोभेम्बर पाँच (५) २०२३ आइतबारका दिन साइप्रसको लिमासोल शहर RIO CINEMA HALL LIMASSOL माघरजमचलचित्र प्रदर्शन हुने भएको

उपेन्द्र सुब्बाको कथा, पटकथा सम्बाद नेपाली मौलिक अर्गानिक चलचित्र घरजम को मुख्य निर्देशक मौसम इम्बुङ, मुख्य सहायक निर्देशक रबि सेर्मा, कोरियोग्राफी दिनेश माङ्मु, छांयाकन युवराज राईले निर्भाह गर्नु भएको हो यस चलचित्रको छायांकन पुर्ब कोपान्थर याङ्वरक थर्पु, नागी गोपेटार, जोर पोखरी, हिलिहाङ दरबार काठमाडौमा भएको थियो

यस चलचित्रमा मुख्य भुमिका मा चर्चित कलाकार बुद्धि तामाङ, श्रीजना सुब्बा, यासेली योङ्हाङ, लक्ष्मी योङ्हाङ, बबिता फोम्बो, किसोर कुमार लिम्बू , कुशल थलङ, सीता तुम्बापो, सुस्मा खेवा, इसिका जबेगु, हेमराज अङ्छ्ङ्बो, भरतमणी पौडेल, जीवन भट्टराई, नुनाम केरुङ, लैइन निङ्लेखु आदि कलाकारहरूले जिवन्त अभिनय गर्नु भएको

अर्गानिक  नेपाली संस्कार  संस्कृति, याक्थुङ संस्कार संस्कृतिमा आधारित रहेको चलचित्र घरजम हेरेर भरपुर मनोरञ्जन लिनु होला

यस चलचित्र लाई साइप्रसमा एलिया लिम्बुको सहयोगमा प्रदर्शन हुन लागेको हो लाखे क्रिएसन किरात याक्थुङ चुम्लुङ साइप्रसले पनि सहयोग गरेको    

Leave a Reply