पोर्चुगल — विगत दुई वर्षदेखि पोर्चुगलको सिन्ट्रा क्षेत्रमा बसोबास गर्दै आउनुभएका एक नेपाली युवक सम्पर्कविहीन हुनुभएको छ । तनहुँ, नेपाल स्थायी घर भई रोजगारीको सिलसिलामा पोर्चुगलको ‘कोभास डे फेरो सिन्ट्रा’ (Covas de Ferro, Sintra) मा बस्दै आउनुभएका जितेन्द्र पाण्डे गत आइतबारदेखि परिवार र साथीभाइको सम्पर्क बाहिर रहनुभएको हो ।
परिवारका अनुसार, उहाँ आइतबारदेखि कुनै पनि माध्यमबाट सम्पर्कमा हुनुहुन्न । उहाँको मोबाइल फोनमा सम्पर्क गर्ने प्रयास गरिए पनि सफल हुन सकेको छैन । नियमित रूपमा परिवार र साथीभाइको सम्पर्कमा रहने पाण्डे एक्कासी सम्पर्कविहीन भएपछि परिवार र आफन्तहरू अत्यन्तै चिन्तित भएका छन् ।
उहाँलाई अन्तिम पटक देखिएको स्थान वा उहाँको अवस्थाबारे कुनै पनि जानकारी प्राप्त हुन सकेको छैन । पोर्चुगलमा रहेको नेपाली समुदाय र उहाँका साथीभाइहरूले उहाँको खोजी कार्यमा सहयोग गरिरहेका छन् ।
परिवारले उहाँलाई देख्नुहुने वा उहाँको बारेमा कुनै पनि जानकारी पाउनुहुने महानुभावहरूलाई तुरुन्तै खबर गरिदिनुहुन हार्दिक अनुरोध गरेको छ । उहाँको अवस्थाबारे कुनै पनि किसिमको सूचना वा जानकारी प्राप्त भएमा तल दिइएको सम्पर्क नम्बरमा तुरुन्त जानकारी गराइदिनुहुन आग्रह गरिएको छ । सम्पर्क नम्बर : +351-920176776