पोर्चुगल— गत मंगलबार २१ तारिख इंट्रा फाउंडेशनले आयोजना गरेको मिट एंड ग्रिट कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनस्थित लव लिस्बन रेस्टुरेन्टमा सम्पन्न भएको छ।
युरोप संयोजक देवी गरबुजा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, कार्यक्रम सञ्चालन ब्यबस्थापन समितिका संयोजक दिपेश बिस्टले गरेका थिए।
कार्यक्रममा नेपाल राष्ट्रिय लोक दोहरी प्रतिष्ठानका युरोप शाखा अध्यक्ष पूर्ण अर्याल, सल्लाहकार अर्जुन सुनामको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा इंट्रा फाउंडेशनका एक्जीक्युटिव डाइरेक्टर चुडामणि भट्ट्राई डिजिटली सहभागी जनाई विभिन्न संघ-संस्थाले आगामी फ़ेबरूरी १५ र १६ मा हुने अन्तराष्ट्रिय नेपाली डान्स रियालिटी सो अन्तर्गत मेरो डान्स युनिभर्स सिजन-२ र मेरो भोइस युनिभर्स सिजन-२ को अडिसनका लागी सोधीएका प्रश्नहरूको जवाफ दिएका थिए।
कार्यक्रममा नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष चोप कुमार मगर, नेपाली जनसंपर्क समितिका सभापति युबराज पन्थी, एनआरएनएका आईसीसी सदस्य राज कुमार थापा, स्याङ्जा समाज पोर्चुगलका अध्यक्ष बिपिन अर्याल, दांग स्पोर्ट्स क्लबका सल्लाहकार बिष्णु घर्तीले समेत प्रश्नहरू राखेका थिए।
कार्यक्रममा पोर्चुगलमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा आगामी फ़ेबरूरी १५ र १६ तारीख हुने अडिसनका लागी बृहत मिट एंड ग्रिट कार्यक्रमले उत्कृष्ट प्रतियोगी भेटन युरोप भरी सहयोग गर्ने बुझिएको छ।