पोर्चुगल

पोर्चुगलमा मनाइयो माघे संक्रान्ति

पोर्चुगल— नेपाल मगर सघ पोर्चुगलद्वारा माघे सक्रान्तीको अबसरमा सम्मुनत मानब सभ्यताको लागि कला सस्कृति, सास्कृतिक उन्नयनको लागि माघे सक्रान्ति भन्ने मुल नाराको साथ जनवरी १९ तारिख आइतबार कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष कमल पुन मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिहरूमा सस्थाका संरक्षक, नेपाल आदिबासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोप कुमार मगर , बिशिष्ट अतिथिहरु पुर्ब पर्यटन दुत रमेश कुमार गुरुङ,  मगर संघ बेल्जियमका लोक राना मगर, मगर संघ युकेका सिता रिवर्न पुन रहेका थिए भने अतिथिहरुमा एनआरएनए आई सि.सि सदस्य राजकुमार थापा, बिनु बस्नेत, शेर्पा किडुक पोर्चुगलका अध्यक्ष राजेन्द्र शेर्पा, तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योन्जन, तमु समाज पोर्चुगलका अध्यक्ष मिलन गुरुङ, किरात राई पोर्चुगलका अध्यक्ष दिपेश राई, जन सम्पर्क समिति पोर्चुगलका अध्यक्ष युबराज पन्थी, प्रबासी नेपाली मन्च पोर्चुगलका अध्यक्ष दिपक खत्री, नेपाली समाज पोर्चुगलका अध्यक्ष कुमार योन्जन लगायत लगायतको उपस्थिति भएको थियो।


त्यस्तै प्रतिनिधीहरु मगर मौलिक कौरा संरक्षण समिति पोर्चुगल र नौमति पन्चेबाजा पोर्चुगल क्षेत्रीय मगर संघ अलेन्तेजो लगायत लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमा नेपाल आदिबासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोप कुमार मगर, बिशिष्ट अतिथिहरु बिश्व मगर सघका अध्यक्ष लोक राना मगर, मगर संघ युकेका अध्यक्ष सिता रिवर्न पुन मगर, पुर्ब पर्यट्न दुत रमेश कुमार गुरुङ, तामाङ समाजका अध्यक्ष गोपाल योन्जन लगायत अतिथिहरु द्वारा शुभकामना मन्तव्य दिनुभएको थियो। साथै कार्यक्रम मुल समारोह आयोजक समितिका संयोजक यामेन्द्र घर्ति मगरले धन्यबाद मन्तब्य ब्यक्त गर्नुभएको थियो।

उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष चुमाया थजाली मगरले स्वागत मन्तव्य दिनुभएको थियो भने महासचिब इश्वर राना मगरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *