पोर्चुगल — तामाङ समाज पोर्चुगलद्वारा आयोजित मंञ्जुश्री संवत २८६१ डुलसा पुख्री ल्होलाई मध्यनजर गर्दै सोनाम ल्होछारको शुभकामना अदान प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ।
उक्त कार्यक्रम आउँदो फेब्रुअरी २ तारिख आइतबारको दिन राजधानी लिस्बनमा हुने भएको हो।
तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थिक शुद्धिकरण भन्ने मूल नाराका साथ सन् २०११ मा स्थापना भएको तामाङ समाज पोर्चुगलले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि नेपालको राष्ट्रिय पर्व मंञ्जुश्री संवत २८६१ डुलसा पुख्री ल्हो अवसरमा उक्त कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष गोपाल योञ्जनले बताए।
उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने भएको छ। कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनस्थित टाइम आउट मार्केट क्यास दो सोड्रेमा हुने भएको हो। बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा पोर्चुगलमा रहनुभएका तामाङ तथा गैर तामाङहरूलाई आयोजकले निमन्त्रण समेत गरेको छ।
कार्यक्रममा गायक रामबाबु योन्जन, कुनसाङ वाईबा,रमित लामा, सोनाम योन्जन, रामकृष्ण तामाङ, च्याडबा लो तामाङ, बुद्ध योञ्जन लामा साथै म्हेन्दोमायाँ गायक पुष्पा वाईबा, पूर्ण तामाङ र म्हेन्दोमायाँ गायिका भारती तामाङ गायिका गीत लामा रहेका छन्।
त्यस्तै कार्यक्रममा कोरियोग्राफर तथा डान्सर बिशाल लामा, नृत्यमा मन्सु लामा दोङ, रोशनी तामाङ, टुईङकल तामा, पुजा मोक्तान,सपना छन्त्याल,सुनिता तामाङ,सम्झना जिम्बा,बिमला बोम्जन,गंगा रुम्बा,लिजी कार्की,अनिता बोम्जन,रेश्मा लामा र रोहन योन्जनले समेत प्रस्तुति दिने भएका छन्।
प्रख्यात मोक्तानले सञ्चालक गर्ने कार्यक्रममा आयोजकले उक्त कार्यक्रमको लागि बीस युरो टिकेट समेत व्यवस्था गरेको छ।
Leave a Reply