खेलकुद

पोर्चुगल र डेनमार्क खेलको टिकट बिक्री सुरु

पोर्चुगल — पोर्चुगिज फुटबल महासंघ (FPF) ले २३ मार्चमा अल्भालाडेमा हुने नेसन्स लिग पोर्चुगल र डेनमार्क बिच हुने खेलको लागि टिकट बिक्रीमा रहेको घोषणा गरेको छ।

टिकटहरू विशेष गरि पोर्चुगिज फुटबल महासंघको कार्यालयबाट बिक्री गरिने बताएको छ। टिकटको मूल्य

पहिलो श्रेणीको टिकट ३५ युरो क्रमशः दोस्रो श्रेणीको २५ युरो र तेस्रो श्रेणीको १५ युरो रहेको छ।

पोर्चुगलको फ्यानहरूले चार वटासम्म टिकट खरिद गर्दा पोर्चुगिज फुटबल महासंघको टिकट कार्यालयमा सिधै ५०% छुट पाउने भएको छ।

टोलीले मार्च २० तारिखमा कोपेनहेगनमा UEFA प्रतियोगिताको क्वार्टर फाइनलको पहिलो खेल खेल्नेछ भने त्यही महिनाको २३ तारिखमा घरेलु मैदानमा निर्णायक खेल खेल्ने भएको हो। खेल पोर्चुगलको समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

Tickets available —  bilheteira.fpf.pt

Leave a Reply

Your email address will not be published. Required fields are marked *