पोर्चुगल — जनवरी १२ देखि १५ तारिख सम्म पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन भएको चलचित्र कार्साङ अब फारो र ताभिरामा पनि प्रदर्शन हुने तयारी रहेको छ।
नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को सफलता मिलिरहेको अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको यस चलचित्रमा निर्देशक यम शेर्पाले गरेका छन्।
यस चलचित्रमा अभिनेता दयाहाङ राई लगायत जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, सुरवीर पण्डितको अभिनय रहेको छ।
विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रलाई माया गर्दै आइरहेको नेल्स इन्टरटेन्मेन्टले पोर्चुगलमा थुप्रै चलचित्रहरु प्रदर्शन गरिसकेको छ।
जनवरी १२ देखि १५ तारिख सम्म राजधानी लिस्बनस्थित सिनेमा आइडलमा उक्त चलचित्र हेर्नको लागि नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
चलचित्र कार्साङ फारो र ताभिरामा भने एकैसाथ प्रदर्शन हुन लागेको हो। आउँदो जनवरी २६ र २७ तारिख फारो र ताभिराको सिनेमा हलमा प्रदर्शन हुन लागेको चलचित्रको टिकेट १५ युरो रहेको छ। सो टिकट भने १२ वर्षभन्दा कम उमेरको व्यक्तिलाई १० युरो राखेको छ।
उक्त चलचित्र फारो सिनेमा हलमा २६ तारिख आइतबार दिउँसो १ बजे र २७ तारिख सोमबार साँझ ४ बजेको शोमा प्रदर्शन हुने भएको छ।
त्यस्तै ताभिराको सिनेमा हलमा २६ तारिख आइतबार र २७ तारिख सोमबार दिउँसो २ बजेको शोमा प्रदर्शन हुने नेप्स इन्टरटेन्मेन्टका सञ्चालक समिर गुरुङले बताए।