Home Login

लक्जेम्बर्ग — वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा नवलपरासी पश्चिम सरावल गाउँपालिका–२ का ४० वर्षीय भूपनारायण चौधरीलाई पक्राउ गरिएको छ । अभियुक्त चौधरीले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै दुई जना पीडितबाट रु १२ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा निजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले […]

लण्डन — बेलायत र नेपालका सार्वजनिक नीति निर्माताहरू, कूटनीतिज्ञ, व्यवसायी तथा प्रविधि क्षेत्रका अगुवाहरूलाई एकै थलोमा ल्याएर नेपाली दूतावास लन्डनले ‘नेपाल–युके टेक फोरम’को आयोजना गरेको छ। नेपाल डिजिटल नवप्रवर्तनको उदाउँदो केन्द्रको रूपमा कसरी अघि बढिरहेको छ भन्ने विषयमा प्रकाश पार्न र नेपाल तथा बेलायतबिच प्रविधि क्षेत्रमा रणनीतिक साझेदारीका अवसरहरू पहिचान गर्न आयोजित उक्त फोरममा शुक्रबार […]

पोर्चुगल (लिस्बन) — लेखी बसौं भनेको मनले मानेन । बिगतका बर्षहरु देखि विदेशमा बस्ने नेपालीहरुको साझा संगठन गैरआवासिय नेपाली संघ (एनआरएनए) मा आबद्द भएर के कति राम्रा नराम्रा काम गरे त्यो यहि समाजलाई थाहा होला । तर पछिल्लो २०२३-२०२५ को अधिवेशनमा समाज र संस्थालाई मिलाएर अगाडी जानुपर्छ भनियो समाज मिल्छ टुक्रिएको संस्था एक हुन्छ भने […]

वासिङ्टन डिसी — जुलाई ४, संयुक्त राज्य अमेरिकाभरिका अमेरिकीहरूले आफ्नो राष्ट्रको २४९ औं स्वतन्त्रता दिवस भव्यताका साथ मनाइरहेका छन् । यो दिन अमेरिकी इतिहासमा निकै महत्त्वपूर्ण छ, किनकि यही दिन सन् १७७६ मा अमेरिकाले ग्रेट ब्रिटेनबाट स्वतन्त्रताको घोषणा गरेको थियो । जुलाई ४, १७७६ मा, फिलाडेल्फियामा भएको दोस्रो महाद्वीपीय कांग्रेसले ‘स्वतन्त्रताको घोषणापत्र’ लाई अनुमोदन गरेको […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा नेपाली राजदूतावासले धमाधम काम गरिरहेको छ । अप्रिल १६ बाट सुरु भएको राजदुतावास सञ्चालन भएको दुई महिना पूरा भइसकेको छ । दुताबास सुरु भएसँगै विभिन्न आलोचना सहित काम गर्दै आइरहेको दुताबासले निरन्तर सेवाग्राहीहरूलाई सेवा दिइरहेको छ । पहिलो पटक स्थापना भएको पोर्चुगलमा दुताबास स्थापना भए लगत्तै केही दिन कर्मचारीहरुलाई काम […]

बेलायत — नेपाललाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्र्याउने अभियन्ता कुलमान घिसिङ अगस्ट दोस्रो साता बेलायत आउनु हुने भएको छ । तमुधीं यूकेको १६ औं नेपाली मेलालगायत बेलायतमा विभिन्न संघ संस्थाको कार्यक्रममा सहभागी हुन घिसिङ यहाँ आउन लाग्नुभएको हो । उहाँ नेपाल विद्युत् प्राधिकरणको निवर्तमान कार्यकारी निर्देशक हुनुहुन्छ । घिसिङले १०/११ अगस्टमा अमेरिका भ्रमणबाट […]

पोर्चुगल — गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको, दीपा काफ्ले नेतृत्वको समूहको दशौँ एकता महाधिवेशन जुलाई ६ र ७ तारिखमा लिस्बनस्थित जिनासियो हलमा आयोजना हुने भएको छ । अधिवेशनको पहिलो दिन उद्घाटन सत्र र बन्द सत्र सञ्चालन गरिनेछ भने दोस्रो दिन नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगल हाल दुईवटा अलग […]

पोर्चुगल — धरान फुटबल क्लब पोर्चुगलको आयोजनामा दोस्रो बुढासुब्बा कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी तीव्र रुपले भइरहेको आयोजकलाई जानकारी दिएको छ । प्रतियोगिता १३ जुलाई २०२५ मा लिस्बनको भिक्टोरिया क्लब डे लिस्बोआमा हुने भएको हो । प्रतियोगितामा पोर्चुगलस्थित नेपाली समुदायका विभिन्न फुटबल क्लबहरू र युरोपको विभिन्न देशमा रहेका नेपाली समुदायका फुटबल क्लबहरूले […]

पोर्चुगल — लिभरपुल र पोर्चुगलका फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएपछि विश्वभरबाट शोक सन्देश आइरहेका छन्। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि सामाजिक सञ्जालमार्फत गहिरो समवेदना प्रकट गरेका छन्। रोनाल्डोले लेखेका छन्, ‘केही समयअघि मात्र हामी राष्ट्रिय टिममा सँगै थियौं। अझै भर्खर तिमी विवाह बन्धनमा बाँधिएका थियौ। यो विश्वास गर्नै गाह्रो भइरहेको छ। उनले जोटाको […]

अमेरिका — नेपालस्थित अमेरिकी दुतावासले भिसा आवेदनमा सामाजिक सञ्जालसम्बन्धी जानकारी नदिएमा भिसा अस्वीकृत हुनसक्ने जनाएको छ । यदि कसैले भिषा आवेदन गरेका छन भने सामाजिक सन्जाल लक गरेको हुनु हुँदैन यदि त्यसो भएको छ भने त्यहि कारण भिषा नपाउने संभावना हुने बुधबार अमेरिकी दूतावास काठमाडौंले चेतावनी जारी गरेको हो । सामाजिक सञ्जालबाट विवरण नदिएमा भिसा […]