Home Login

काठमाडौं । सिधाकुरा डटकमका प्रकाशक र सम्पादक जेल चलान भएका छन् । सर्वोच्च अदालतले गरेको फैसला अनुसार उनीहरु केन्द्रीय कारागार सुनधारा जगन्नाथदेवल चलान भएका हुन् । जेल चलान हुनुभन्दा अगाडि सम्पादक नविन ढुंगानाले फेसबुक मार्फत आफूहरु दुबै जना केन्द्रीय कारागारमा गएको बताएका हुन् । उनीहरुले आफूहरु तोकिएको समय कैद सजाय बसेर बाहिर आउने र समाचारको […]

सेप्टेम्बर २९ आइतबार। भारी वर्षापछि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा शनिबार आएको बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ। विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एकसय जना घाइते भएका छन्।   गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। काठमाडौँमा २५, […]

(नेपाली समाज मिलफन्तोषले सरसफाई अभियान सम्पन्न गरेको छ) पोर्चुगल। बेझा जिल्ला उदिमिरा नगरपालिका अन्तर्गत मिलिफन्टोसमा नवगठित नेपाली समाजले बजार सरसफाई अभियान सञ्चालन गरेको हो। गलीयादु देखि मिली सन्तोषको मुख्य बजार सिल्वा स्टोरसम्म नेपाली समाज का पदाधिकारी सदस्यहरू र नेपालीहरू मिलेर बजार सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो। पोर्चुगलको उदिमिरा नगरपालिका विशेषगरी कृषि क्षेत्रमा काम गर्ने नेपालीहरूको […]

युरोप। केन्द्र मोसन पिक्चर्सबाट सार्वजनिक भएको नेपाली फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ युट्युवको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ । युट्युवको ‘विश्वभर हेरिएका शीर्ष १०० म्युजिक भिडियो’मा यो गीत ७३ औं स्थानमा छ ।‘कश्मिरे पछ्यौरी’ पछि ‘रुकुम मैकोट’ युट्युवको ग्लोबल ट्रेन्डिङ पर्ने दोस्रो नेपाली गीत हो भने ग्लोबल ट्रेन्डिङमा पर्ने नेपाली फिल्मको पहिलो गीत हो । […]

(मोना पोर्चुगलले लोकप्रिय गायक प्रकाश दुतराजको साथमा मोना साँस्कृतिक साँझ भोलि आइतबार हुने) पोर्चुगल। गायक प्रकाश दुतराज,गायिका अनु गुरुङ र डान्सर देवि गर्बुजाको साथमा मोना पोर्चुगलद्वारा मोना साँस्कृतिक साँझ गायक दुतराजको साथमा भोलि हुने भएको हो। म्याग्दी प्रबासी नेपाली संघ मोना पोर्चुगलले चर्चित गायक प्रकाश दुतराजको साथमा भोलि सेप्टेम्बर २२ तारिख आइतवार लिस्बोअ अओ भिभोमा […]

युरोप। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र रोमानियाकी विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबीच क्यानाडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ । सो भेटवार्ताका क्रममा नेपाल रोमानिया सम्बन्ध तथा दुई देशबीचको आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा राणा हाल क्यानाडा छन् । सो भेटवार्ताका क्रममा […]

युरोप । प्रदेशी गायक जेबी ओलीले सेतो हिमाल नाम दिएको उक्त गीत केही दिन अगाडि मात्रै सार्वजनिक गरेका छन्। विगत लामो समयदेखि युरोपेली मुलुक पोर्चुगलमा बसेर गीत-संगीतमा अहोरात्र खटिरहेका चर्चित गायक हुन् जेबी ओली, ‘ओली अहिले युरोपेली मुलुक बेल्जियममा बस्दै आइरहेका छन्। थुप्रै चर्चित गीतहरू गाएर ख्याती कमाएका गायक ओलीले आफ्नै शब्द संगीतमा रहेको गीत […]

पोर्चुगल। युवा पुस्ताका हास्य कलाकार भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्कीले पोर्चुगलमा रहेका नेपाली समुदायलाई हँसाउनको लागि सेप्टेम्बर ३० तारिख पोर्चुगल आउँने भएको छन्।अमेरिकापछि उनीहरुले युरोपेली मुलुकमा कमेडी टुर गरेका हुन् । ३१ अगस्ट पोल्याण्डबाट सुरु भएको ‘अब हाँस्छ युरोप’ यात्रा फ्रान्स, माल्टा, बेल्जियम, जर्मनी, स्पेन, फिनल्याण्ड, डेनमार्क र नर्वेमा समेत कार्यक्रम हुने भएको […]

युरोप। नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि पदबाट राजीनामा दिएका छन् । विष्टले उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई बोधार्थ दिँदै शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि विष्टले राजीनामा दिएका हुन् । यसअघि महासंघका अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्ष बनेका थिए […]

पोर्चुगल। सेवा र सहयोग गर्ने उद्देश्य तथा बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकाको बिकास र प्रवर्द्धनमा टेवा पुर्याउन कर्मथलोबाट जन्मथलो लाई जोड्ने एउटा साझा चौतारीको रुपमा पोर्चुगलमा रहेका बाग्लुङका मालिका बासिहरुले २०७७ मा पोर्चुगलमा स्थापन गरेको संस्था मालिक सेवा समाज पोर्चुगलले हिजो दोस्रो अधिबेशन सम्पन्न गरेको छ। उक्त अधिवेशन सल्लाह र सहमतिमा नयाँ कार्यसमिति मनोनीत […]