लिस्बन — सोल्टी इभेन्ट र लुम्बिनी एफसीले आयोजना गरेको बब्बाल क्रिसमस नाइट -२०२४ सम्पन्न भएको छ।
बब्बाल क्रिसमस नाइट -२०२४ नाम दिएको उक्त कार्यक्रम राजधानी लिस्बनको बराइरो लाटिनोमा रातिको साढे १० बजे देखि बिहानसम्म सञ्चालन भएको थियो।
तस्वीर : डिजिटल लिस्बन
उक्त कार्यक्रममा आकाश बम्जन र दिजय पर्जवालले डिजेमा डीजेमा साथ दिएर दर्शकलाई मनोरञ्जन दिएका थिए।
आयोजकले उक्त कार्यक्रममा एकजना केटी डिजेलाई पनि देखाएको छ। कार्यक्रम हुनुभन्दा केही दिन यतादेखि आयोजकहरूले प्रचारप्रसार सुरु गरेता पनि सोचेको भन्दा धेरै नै दर्शकहरू उपस्थित भएको आयोजकले बताए।
दर्शकहरूलाई थप मनोरञ्जन दिनको लागि नेपाली लेडिज (केटी) डिजे श्रीना समेत आएकी थिइन्। श्रीना पहिलो डिजे केटी हुन् पोर्चुगलको लागि।
उक्त दिन ५ सय भन्दा धेरै दर्शकहरूको उपस्थिति रहेको कार्यक्रममा आयोजकले उपस्थित हुने दर्शकलाई धन्यवाद समेत व्यक्त गरेका थिए।
उक्त कार्यक्रमको लागि आयोजकले टिकटको समेत व्यवस्था गरेको थियो।
नेपाली भाषा, सँस्कृतीलाई माया र प्रबर्द्धन गरौ भन्ने उदेश्यका साथ स्थापना भएको सोल्टी इभेन्टले यस भन्दा अघि पनि थुप्रै कार्यक्रमहरू गर्दै आइरहेको छ।
अध्ययन र रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूको लागि क्रिसमस र अंग्रेजी नयाँ वर्ष २०२५ लाई सफल बनाउन उक्त कार्यक्रमको आयोजना गरेको आयोजक सोल्टी इभेन्टले बताए।
उक्त कार्यक्रममा फोटो तथा भिडियोको लागि डिजिटल लिस्बनको टिम उपस्थित भएको थियो।