Home Login
पोर्चुगल

पोर्चुगलमा काम गर्न सामाजिक सुरक्षा पहिचान नम्बर आवश्यक नपर्ने

पोर्चुगल — सामाजिक सुरक्षा पहिचान नम्बर (NISS) सोसल नम्बर नभए पनि पोर्चुगल पुगेका आप्रवासीहरूले काम गर्न पाउने भएका छन् अर्थात् कम्पनीका मालिकले कामदारलाई काममा राख्न पाउने भएका हुन्।

डिसेम्बर २७, २०२४ मा यो कुरा पुष्टि भएतापनि (एआइएमए) एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन एण्ड एसाइलमले हिजो मात्रै आफ्नो फेसबुक पेजमा एक स्टाटस पोस्ट गर्दै उक्त कुरा बताएको हो।

काम र अध्ययनको सिलसिलामा पोर्चुगल पुगेका आप्रवासीहरूले पोर्चुगल गएर सामाजिक सुरक्षा पहिचान नम्बर (NISS) र फिनास नम्बर (NIF) बनाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै पोर्चुगल सरकारले   उक्त कुरा पारित गरेको हो।

उक्त कुराले गर्दा आप्रवासीहरू केही हदसम्म लाभ लिन पाउने भएका हुन् । त्यसैले रोजगारदाताहरूले रोजगार सम्झौतामा हस्ताक्षर गर्नका लागि सामाजिक सुरक्षा पहिचान नम्बर (NISS) कामदारको लागि पर्खनु आवश्यक नरहेको हो ।

Leave a Reply