अनुमति विना कन्सर्टमा म्युजिक ट्रयाक प्रयोग नगर्न दोहोरी प्रतिष्ठानको आग्रह

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले देश तथा विदेशका सांगीतिक कार्यक्रममा अनधिकृत रुपमा गीतको म्युजिक ट्रयाक प्रयोग गरिएको भन्दै चासो व्यक्त गरेको छ ।

प्रतिष्ठानले मंगलबार विज्ञप्ति जारी गर्दै गीतको धनी, सर्जक तथा प्रस्तोता, उत्पादनको समझदारीमा लिखित अनुमति प्रत्यायोजन गरेको खण्डमा मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

अध्यक्ष रीता थापामगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा गीतको म्युजिक ट्रयाक अनधिकृत रुपमा व्यावसायिक प्रयोग गरिएको गुनासो आएपछि उक्त कार्य नगर्न र नगराउन आग्रह गरिएको हो ।

स्रष्टाको अनुमति विना प्रयोग गरिएको पाइएमा प्रचलित प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ को व्यवस्था अनुसार सम्बन्धित अधिकारको धनीको माग बमोजिम असुलउपर, जरिवाना र दण्ड सजाय हुनसक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *