जवानी बेचेर प्रदेश पसेको पुरुष
बुढेसकाल बोकेर घर फर्किन्छ ।
प्रदेस पसेको पुरुषको जीवनको कुनै कथा होइन,
उ त जिम्मेवारीको जेलमा फसेको हुन्छ ।
उस्लाइ घर बस्ने अधिकार हुँदैन ।
धेरैले आफ्नो कल-कलाउदो जवानी,
घर बाहिरै गाड्नुपर्छ ।
चार दिनको बिदा लिएर ।
घर आउँदा पनि
उसले आराम पाउँदैन
उसले नयाँ ऋण,
नयाँ सपना
र थप दबाब पाउँछ ।
घरदेशले उस्लाइ
सोध्दैन
“थाक्यौ कि भनेर ?”
घरले त भन्छ—
“अझ कति कमाउन सक्छौ ?”
ऊ चुपचाप
फेरि प्रदेसिनु बाहेक उ सङ्ग कुनै विकल्प नै हुन्न ।
यहि कुरामा उस्को
जवानी सकिन्छ,
तर जिम्मेवारी सकिँदैन ।
पीडा बाँड्ने कोही हुँदैन,
आँसु लुकाउनै ठाँउ हुन्न ,
किनकि ऊ पुरुष हो ।
र जब ऊ
सधैंका लागि
घर फर्किन्छ—
उसले जवानी होइन,
बुढेसकाल मात्र ल्याएको हुन्छ ।
त्यसैले त भनिन्छ—
जवानी बेचेर प्रदेश पसेको पुरुष
बुढेसकाल बोकेर घर फर्किन्छ ।
पंकज क्षेत्री (क्रोएसिया)





