तमु समाज पोर्तुगल द्वारा गायक दुर्गा गुरुङलाई सम्मान कार्यक्रम सम्पन्न

पोर्तुगल । तमु समाज पोर्तुगलले गायक तथा सर्जक दुर्गा गुरुङ लाई भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

पोर्तुगलमा एक सकृय संस्था तमु समाजले हिजो ओदान रेस्टुरेन्टमा एक कार्यक्रम गरि नेपाली कौडा गीतका हस्ती गायक तथा सर्जक दुर्गा गुरुङलाई सम्मान गरेको हो ।

वीरेन्द्र गुरुङले सन्चालन गरेको कार्यक्रममा समाजको अध्यक्ष विकाश गुरुङ, वरिष्ठ उपाध्यक्ष मिलन गुरुङ, सचिव गनि गुरुङ, नेपाली कांग्रेसका महासमिति सदस्य चिजकुमार तामाङ, गैर आवासीय नेपाली पोर्चुगलका अध्यक्ष उमेश खड्का, उपाध्यक्ष दीपा काफ्ले , गैर आवासीय नेपाली पोर्चुगलका उपाध्यक्ष तथा पुर्व राष्ट्रिय खेलाडी सुनिल मल्ल ठकुरी र गैर आवासीय नेपाली पोर्चुगलका युवा संयोजक निरज गुरुङ नवलपुर समाज पोर्तुगलका अध्यक्ष प्रेम बुढा प्रीति लगायतले सम्मान गरेका थिए ।

                Credit: Facebook
साँगीतिक कार्यक्रम समेत प्रस्तुत गरिएको कार्यक्रम निकै रमाइलो सङ सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *