अल्गार्भ क्षेत्रीय समितिले घाइते सुस्मिता मोक्तानको लागि सहयोग

पोर्तुगल । विगत २ वर्षदेखि पोर्तुगलको मोन्तिजोमा बसोबास गर्दै आउनुभएका नेपाल घर जरायोटार ३ मरिण, सिन्धुली वर्ष २९ को सुस्मिता मोक्तानको १० जनवरी २०२४ बेलुकी अन्दाजी १८:२६ बजे मोन्तिजो पिंगोदोस नजिक बाटो काट्ने (जेब्रा क्रस) बेलामा विपरीत दिशाबाट तिब्र गतिमा आईरहेको गाडीले ठक्कर दिई गम्भीर घाइते भएको हुँदा उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको अवस्थामा उनीको लागि केही रकम सहयोग गरि पिडित लाई केही मात्रामा भए पनि राहतको मलमपट्टि लगाउनको लागि केही महिना अगि मात्र गठन भएको जनसम्पर्क समिति पोर्चुगल अल्गार्भ क्षेत्रीय समितिको नयाँ कार्यसमितिले सहयोग गरेका छन् ।

अल्गार्भ क्षेत्रीय समिति सहित उनीको लागि अल्गार्भ भित्र बसोबास गर्ने नेपाली सहयोगी मनहरुबाट पनि सहयोग आएको र सबै रकम एक मुष्टमा जनसम्पर्क समिति पोर्चुगल अल्गार्भ क्षेत्रीय समितिको नयाँ कार्यसमितिले बिरामी सुस्मिता मोक्तानको नाममा पठाएको अध्यक्ष प्रिन्स क्षेत्रीले बताए ।

तपाईंहरु पनि उहाँलाई सहयोग गर्न चाहानु हुन्छ भने सहयोगका लागि विवरण तल रहेको छ ।

🅂🅄🅂🄼🄸🅃🄰 🄼🄾🄺🅃🄰🄽 :
𝗣𝗧𝟱𝟬 𝟬𝟬𝟬𝟳 𝟬𝟬𝟬𝟬 𝟬𝟬𝟱𝟴 𝟯𝟴𝟮𝟬 𝟭𝟬𝟵𝟮 𝟯

सम्पर्क :-  +𝟑𝟓𝟏-𝟗𝟐𝟎𝟐𝟕𝟖𝟒𝟓𝟕, 𝟑𝟓𝟏-𝟗𝟐𝟎𝟒𝟕𝟏𝟑𝟗𝟒

Leave a Reply

Your email address will not be published. Required fields are marked *