चेक रिपब्लिक पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

ad1 ad1

पोर्तुगल । काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा वडा नं. ०५ बस्ने दुर्गा बहादुर तामाङको छोरा वर्ष बर्षको संजिभ तामाङले मिरा तामाङ सहित ११ जनालाई वैदेशिक रोजगारीको लागि युरोपेली मुलुक चेक रिपब्लिक पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा पक्राउ परेको हो ।

पक्राउ पर्ने संजिभ तामाङले प्रतिब्यक्ति रु. १२,५०,०००/-( अक्षेरुपी बाह्र लाख पचास हजार रुपैयाँ ) लाग्छ, चेक रिपब्लिक पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. १,२०,०००/- ( अक्षेरुपी एक लाख बीस हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटक पटक गरी जम्मा रु. २९,००,०००/- ( अक्षेरुपी उन्नतीस लाख रुपैयाँ ) रकम लिई  सम्पर्क विहीन भई ठगी गरेकोले

संजिभ तामाङको खोजतलास गर्ने क्रममा आज सोमबार जिल्ला काठमाण्डौं बढानिलकण्ठ न.पा. वडा नं. ११ कपनबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्ने संजिभ तामाङलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको छ ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *