लमजुङ समाज पोर्चुगलको चौथो अधिवेशन सम्पन्न

(लमजुङ समाज पोर्चुगलको चौथो अधिवेशन घोषणा तथा तीज विशेष दर खाने कार्यक्रम सम्पन्न)

पोर्चुगल । अगस्ट २५ हिजो आइतबार लमजुङ समाज पोर्चुगलको अध्यक्ष गम्भीर जंग गुरुङको अध्यक्ष्यतामा र प्रमुख अतिथि पूर्व पर्यटन दूत रमेश कुमार गुरुङको प्रमुख आतिथ्यतामा लमजुङ समाज पोर्चुगलको चौथो अधिवेशन घोषणा तथा तीज विशेष दर खाने कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश कुमार खड्का लगायत पोर्चुगलमा रहेको विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको विशेष अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो।

महिला दिदीबहिनीहरूको महान चाड हरितालिका तीजलाई मध्यनजर गर्दै लमजुङ समाज पोर्चुगलद्वारा तीज विशेष दर खाने कार्यक्रममा राष्ट्रिय स्तरको कलाकारहरू मिलन लामा ,अनु गुरुङ र सूर्य मान गुरुङको सांगीतिक प्रस्तुति समेत रहेको थियो।

विश्व विनोद घिमिरेको सञ्चालनमा रहेको कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनमामा रहेको राधाकृष्ण मन्दिर महात्मा गान्धी हलमा कार्यक्रम सम्पन्न भएको हो।

तेस्रो कार्यकाललाई सफल पारी चौथो कार्यकाल सफल पार्नको लागि अध्यक्ष गम्भीर जंग गुरुङ र सचिव सुधीर भट्ट चौथो कार्यकालमा पनि दोहोरिएका हुन्।

चौथो अधिवेशन बाट सर्व सम्मत चयन भएका अध्यक्षमा गम्भीर जंग गुरुङ,वरिष्ठ उपाध्यक्षमा देवी घिमिरे,उपाध्यक्षमा कुमार घले,समीर गुरुङ,सुरेश कुवॅंर र सचिवमा सुधीर भट्ट रहेका छन् ।

त्यस्तै सह-सचिवमा विश्व विनोद घिमिरे,कोषाध्यक्षमा लक्ष्मी गुरुङ र सह-कोषाध्यक्षमा हरी गुरुङ रहेका छन् भने युवा तथा खेलकुद संयोजकमा चोक प्रसाद गुरुङ र संस्कृतिक संयोजकमा सूर्य मान गुरुङ रहेका छन् ।

त्यस्तै सदस्यहरूमा काशी तामाङ,मीन गुरुङ्ग,राज गुरुङ्ग,शोभित पोख्रेल,सुरज गुरुङ्ग,हरी अधिकारी,संकल्प गुरुङ्ग,बबिता तामाङ,धन बहादुर तामाङ र सपना रानाभाट रहेका छन् ।

युरोप कार्यक्रममा रहेका राष्ट्रिय कलाकार मिलन गुरुङले हिजो लमजुङ समाज पोर्चुगलको तीज विशेष कार्यक्रममा आफ्नो सांगीतिक कोसेलीहरु प्रस्तुत गर्ने क्रममा पोर्चुगलमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई आफ्नो मौलिक गीतमा नचाएका थिए।

लमजुङ समाज पोर्चुगलले विगतमा पोर्चुगलमा दुःखसुख पर्दा सधैं हातेमालो गर्दै अगाडि आइरहेको संस्थालाई नयाँ कार्यकालमा आएका सम्पूर्णलाई फेरि पुरानै जोष जाँगर उत्तिकै देख्न पाइराखु र एनआरएनए पोर्चुगलले सधैँ साथ दिने प्रतिबद्धता समेत एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश कुमार खड्काले भने ।

कार्यक्रममा क्यामराको लागि डिजिटल लिस्बनबाट सुरेश जि.सी र भिडियोको लागि कृष्णबहादुर थापाले कार्यक्रमलाई अझै डिजिटल पार्नको लागि भिडियो र फोटोहरु कैद गरेका थिए।

                                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *