अन्तर्राष्ट्रिय नेपाली समाज,पोर्चुगल राष्ट्रिय समितिले अधिवेशन गर्दै

पोर्चुगल।
अन्तर्राष्ट्रिय नेपाली समाज,पोर्चुगल राष्ट्रिय समितिले आउदो सेप्टेम्बर १ तारिक विशेष अधिवेशन गर्ने भएको छ ।

विशेष अधिवेशनलाई भव्य, सभ्य र सशक्त बनाउन वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष डा.अनु खनालको नेत्रृत्वमा निर्वाचन समिति, उपाध्यक्ष दिपेस राईको नेत्रृत्वमा विशेष अधिवेशन समन्वय समिति र महासचिव हरिशरण परियारको नेत्रृत्वमा अधिवेशन प्रचारप्रसार समिति गठन गरिएको जानकारी संस्थाका अध्यक्ष कमल खड्काले बताए ।

कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली समाजका अन्तर्राष्ट्रिय अध्यक्ष अर्जुन घिमिरेको प्रमुख आथित्य एवम् विभिन्न संघसंस्थाका प्रमुखहरूको विशेष तथा उपस्थिति आतिथ्यमा सन्चालन हुनेछ,´उहाँले थप्नुभयो ।

अन्तर्राष्ट्रिय नेपाली समाज नेपाल र नेपालीको हित, भलाइ, उन्नति एवम् प्रगतिमा समर्पित संस्था हो।’अन्तर्राष्ट्रिय अध्यक्ष अर्जुन घिमिरेले भन्नुभयो ।`यो समाजका पोर्चुगल लगायत ८३ ओटा देशमा सक्रिय राष्ट्रिय समितिहरु क्रियाशील छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *