महिला उम्मेदवार पाउन कठिन भएको युरोपेली आयोग प्रमुखको भनाइ

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युरोपेली सङ्घमा लैङ्गिक समानता कायम गर्न सदस्य राष्ट्रहरूबाट शीर्ष पदका लागि महिला उम्मेदवार प्राप्त गर्न कठिन भएको बताउनु भएको छ ।

भोन डेर लेयनले जुनमा भएको चुनावपछि आफ्नो नयाँ प्रशासनमा आयुक्तको पदका लागि पुरुष र महिला दुबैलाई मनोनित गर्न युरोपेली सङ्घका देशहरूलाई आग्रह गर्नुभएको हो । तर अधिकांश सदस्य राष्ट्रले उहाँको अनुरोधलाई बेवास्ता गरेका छन् ।

२७ सदस्य राष्ट्र रहेको सङ्घमा केवल नौ महिलालाई मनोनित गरिएको छ, जसमा एस्टोनियाका पूर्व प्रधानमन्त्री काजा कल्लासलाई ब्लकको शीर्ष कूटनीतिज्ञको रूपमा समावेश गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *