अर्जेन्टिनी टोलीबाट डी मारियाको बिदाइ

अनुभवी फुटबलर एन्जल डी मारिया अर्जेन्टिनी टोलीबाट बिदाइ हुने भएका छन् । विश्वकपको दक्षिण अमेरकी छनोटअन्तर्गत शुक्रबार बिहान हुने चिलीसँगको खेलअगावै अर्जेन्टिनाले उनलाई बिदाइ गरेको हो ।

१६ वर्ष अर्जेन्टिनाका लागि खेलेका डी मारियाले गत जुलाईमा सम्पन्न कोपा अमेरिकापछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए । कोपा अमेरिका सुरु हुनुअघि नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भएको बताएका उनलाई बिदाइ गर्न लागिएको हो हिजो।

हिजो खेलअगाडि दर्शकहरूबीच ३६ वर्षीय डी मारियालाई सहकर्मीहरूले कोपा अमेरिकाको ट्रफी बोकाएर बिदा गरेका हुन्।

मारियाले दुईपटक अर्जेन्टिनाका लागि निर्णायक गोल गरेका छन्  । सन् २००८ को बेइजिङ ओलम्पिकमा अर्जेटिनाले स्वर्ण हात पार्दा उनले नाइजेरियाविरुद्ध गोल गरेका थिए  । सन् २०२१ मा कोपा अमेरिकाको उपाधि जित्दा उनले ब्राजिल विरुद्धको फाइनलमा गोल गरेका थिए ।

कप्तान मेसीको अन्तर्राष्ट्रिय फुटबल सफलतामा डी मारियाले धेरै योगदान दिएका छन् । डी मारियाले अर्जेन्टिनाबाट १ सय ४५ खेल खेल्दै ३१ गोल गरेका छन् । उनले अर्जेन्टिनाका लागि ६ कोपा अमेरिका र ४ विश्वकप खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *