प्रदेशी गायक जेबी ओलीको सेतो हिमाल सार्वजनिक

युरोप ।

प्रदेशी गायक जेबी ओलीले सेतो हिमाल नाम दिएको उक्त गीत केही दिन अगाडि मात्रै सार्वजनिक गरेका छन्।

विगत लामो समयदेखि युरोपेली मुलुक पोर्चुगलमा बसेर गीत-संगीतमा अहोरात्र खटिरहेका चर्चित गायक हुन् जेबी ओली, ‘ओली अहिले युरोपेली मुलुक बेल्जियममा बस्दै आइरहेका छन्।

थुप्रै चर्चित गीतहरू गाएर ख्याती कमाएका गायक ओलीले आफ्नै शब्द संगीतमा रहेको गीत केही दिन अगाडि मात्रै आफ्नै यूरोप नेपाल रोधीघर जबी ओलि युट्युब च्यानलमा सार्वजनिक गरेका छन्। ओलीलाई चर्चित गायिका शान्ति श्री परियारले गीतमा साथ दिएकी छिन्।

ज्योति ढकाल, रस्किन दाहाल र स्तुति बस्नेतको अभिनय रहेको उक्त गीत हामीले यस न्युज तयार पार्दासम्म थुप्रै नेपाली दर्शकहरूको मनमा बसिसकेको छ।

मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको उक्त गीतमा संगीत संयोजकमा खेमराज गौतमले साथ दिएका छन्।

स्वयं गायक जेबी ओली र रस्किन दाहालले संयुक्त रुपमा गरेको उक्त सार्वजनिक भिडियोको निर्देशनमा बाल कलाकारको रुपमा स्तुति बस्नेतले अभिनय गरेका छन्।

उक्त सार्वजनिक भिडियोको सम्पादक भने नविन घर्ती मगरले गरेका हुन् भने भिडियोको क्यामरामेन बुद्ध बस्नेतले गरेका हुन्।

सहयोगी कलाकारहरुमा आचल शर्मा,आकृति अधिकारी,अन्जल सापकोटा,इसु श्रेष्ठ,बिशाका कँडेल,दिपशिखा पाण्डे,सुरक्षा आले मगर र कविता बागलेले अभिनय गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *