Home Login
प्रवास

गायक रबिन लामिछाने बेलायतको कार्यक्रममा व्यस्त

(अहिले युवा पुस्ताका चर्चित लोकदोहोरी गायक हुन् गोरखाका रबिन लामिछाने)

युरोप। लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक रविन लामिछाने यतिखेर कार्यक्रमको सिलसिलामा बेलायतमा छन्।

करिब दुई महिना यता बेलायत आएका रबिन यतिखेर कार्यक्रममा व्यस्त रहेको बताउँछन्।

अहिले यतिखेर सांगीतिक कार्यक्रमका लागि नेपाली कलाकारहरु विदेशतिर आइरहेको थुप्रै मात्रामा पाइन्छ। त्यही थुप्रैमध्ये पनि एक हुन् गायक रबिन लामिछाने जुन लोकदोहोरी क्षेत्रमा आफू छुट्टै पहिचान बनाइसकेका छन्।

के छ ओइ पानपाते ठुली,पछ्यौरी लिस्यो,तारासँगै जुन, घडी,नआउ मेरो भाइ जस्ता दर्जनौं गीतहरू गाएर चर्चामा चुलिएका रबिन लामिछाने आफूले शब्द,संगीत दिएको कयौं गीतहरू त करोडौं क्लबमा प्रवेश गरिसकेका छन् भने कयौं गर्नेवालामा छन्।

सामाजिक परिवेशलाई टपक्कै टिपेर लोकदोहोरीमा उतार्न सक्ने गायक लामिछाने कार्यक्रमको लागि युरोपको थुप्रै देशहरूमा आफ्नो सांगीतिक प्रस्तुतिहरु दिइसकेका छन्।

दशैं र तिहार नजिकिँदै गर्दा यतिखेर लामिछाने बेलायतमा कार्यक्रमको सिलसिलामा रहिरहँदा उनलाई कार्यक्रमको चाप निकै नै बढेको देखिन्छ।

लामिछाने गीत संगीतमा मात्र नभई सामाजिक सञ्जालतिर पनि निकै सक्रिय छन्।

Leave a Reply