पोर्चुगल।
नेपालमा असोज २४ अर्थात् फुलपातीबाट प्रदर्शनमा आउने यस चलचित्र छक्का पञ्जा-५ पोर्चुगलको राजधानी लिस्बनमा पनि प्रदर्शन हुने भएको छ।
नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को सफलता मिलिरहेको चलचित्र हो छक्का पञ्जा सिरिज-
यो फिल्म ‘छक्का पञ्जा’को पांचौँ सिक्वेल हो । छक्का पञ्जा सिक्वेव बक्स अफिसमा हिट छ । यसको चलचित्रको निर्देशक दीपाश्री निरौलाले गरेकी छिन्।
असोज २४ फुलपातीबाट प्रदर्शनमा आउने यस चलचित्रमा दीपकराज, वर्षा र माग्ने बूढा शीर्ष भूमिकामा रहेका छन् ।
विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रलाई माया गर्दै आइरहेको नेल्स इन्टरटेन्मेन्टले पोर्चुगलमा थुप्रै चलचित्रहरु प्रदर्शन गरिसकेको छ।
उक्त चलचित्र पोर्तुगलमा भने अक्टोबर १३,१४,१५ र १६ तारिख प्रदर्शन हुने भएको छ।चलचित्र बिहानको शो-मा प्रदर्शन हुने भएको हो भने उक्त चलचित्रको टिकेट १२.५० युरो रहेको छ। सो टिकट भने १२ वर्षभन्दा कम उमेरको व्यक्तिलाई १० युरो राखेको छ।
पोर्तुगलमा नेप्स इन्टरटेनमेन्टले चलचित्र प्रदर्शनमा ल्याउने भएको हो । नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया रप्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शनि र सांगीतिककार्यक्रम गर्दै आएको छ ।
टिकटको लागि https://hamroevents.com को वेबसाइटमा गएर पनि तपाईँले टिकट लिन सक्नु हुनेछ वा तल दिएको सम्पर्क नम्बर +351-920283319 मा पनि सम्पर्क गरी टिकट लिन सक्नुहुनेछ।
नेपाली चलचित्रलाई विदेशमा पनि प्रदर्शन गर्नुपर्छ भनि नेपाली चलचित्रलाई युरोपेली मुलुक पोर्चुगलमा प्रदर्शन गर्नुपर्छ भन्दै दिनरात अहोरात्र खट्ने नाम हो। नेप्स इन्टरटेन्मेन्ट-
हुन त आफ्नो स्वदेशी ब्राण्ड कसलाई मन पर्दैन र त्यसो भन्दै गर्दा स्वदेशी ब्रान्डलाई विदेशमा पनि उत्तिकै महत्व दिने हो हो भने नेपाली चलचित्र क्षेत्र कहाँबाट कहाँ पुगिसक्थ्यो हामीले कल्पना समेत गर्न सक्दैनथ्यो।
थप जानकारी :