Home Login
प्रवास

बेलायत आइपुग्नुभयो एमाले सांसद गुरुङ

बेलायत । दुई साताको भ्रमणका लागि नेकपा (एमाले) को प्रतिनिधिसभा सांसद मनबहादुर गुरुङ बेलायत आइपुग्नुभएको छ ।

कास्की क्षेत्र नं १ बाट निर्वाचित सांसद गुरुङ पारिवारिक र राजनीतिक भेटघाटका लागि शनिबार हिथ्रो एयरपोर्ट आइपुग्नुभएको हो । सांसद गुरुङको साथमा पत्नी खिमकुमारी गुरुङ र जेठी छोरी रोशनी गुरुङ पनि हुनुहुन्छ । उहाँहरुलाई हिथ्रो एयरपोर्टमा बेलायतका सक्रिय विभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधि,आफन्त लगायतले  स्वागत गरेका छन् ।

Leave a Reply