पोर्चुगल । पोर्चुगलमा केही समय अगाडि स्थापित भिजन स्पोर्ट्स क्लब पोर्चुगलले युरोप स्तरीय खुल्ला खेल प्रतियोगिता आयोजना गर्ने भएको छ।
क्लबले यहीँ १५ अक्टोबरमा सो खेल प्रतियोगिता आयोजना गर्न लागेको हो। क्लबले सामाजिक संजाल मार्फत सबै तिर प्रचार प्रसार गरिरहेको छ ।
क्लबले दर्ता शुल्क प्रति टिम ३०० युरो राखेको छ भने प्रथम हुनेलाई २५०० राशिको पुरस्कार राखेको छ। दोस्रो हुने १२५० राशिको पुरस्कार तोकिएको छ। खेल भने पोर्चुगलको अलभलादे खेल मैदान हुने जनाइएको छ ।
दर्ता हुन चाहाने टिमले निम्न उल्लेखित मोबाइल नम्बरमा सम्पर्क गर्न टिम दर्ताको लागि ९२०५९६३५९, ९२०१३९६६० र ९२०५४९४८९ मा सम्पर्क गर्न सकिने छ ।
Leave a Reply