Home Login
गैरआवासीय नेपाली संघ

एनआरएनए उपाध्यक्षमा गणेश केसीद्वारा उम्मेदवारी दर्ता

काठमाडौँ गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल २०२३२५ का लागि उपाध्यक्ष पदमा गणेश केसीले उम्मेदवारी दर्ता गराएका छन

उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीसँग कुरा गर्दै केसीले एनआरएनएको संरचनालाई अझ बलियो बनाउन विदेशमा सिकेको ज्ञान, सिप अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धता जनाए

विदेशमा विभिन्न कारणले विपतमा परेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने गराउने तथा उनीहरुको लागि उचित व्यवस्था गर्न गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको छु। रोजगारीको सिलसिलामा कहीँकतै कुनै मुलुकमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेर नेपालसम्म लाने व्यवस्था गर्ने कार्य गर्दै आएको छु।

त्यस्तै, विदेशमा बेपत्ता भएका नेपालीहरुको खोजी गरेर उनीहरुकोउद्धार गर्ने कार्यलाई पनि निरन्तरता दिने कार्य गर्नेछु। देशको इज्जत एबं गौरव बढाउने कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक प्राविधिक लगानी जुटाउने लगायतका धेरै कार्य योजनाहरु मेरोछ।

Leave a Reply