Home Login
गैरआवासीय नेपाली संघ

एनआरएनए हंगेरीको दोस्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा नारायण प्रसाद भण्डारी

बिरेन थापा ।

बुडापेस्ट — युरोपको सुन्दर देश हंगेरीमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हंगेरीको दोस्रो महाधिवेशन ऐतिहासिक रूपले बुडापेस्टमा सम्पन्न भएको छ ।महाधिवेशनले आगामी कार्यकाल २०२५–२०२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत र निर्वाचन प्रक्रियाबाट चयन गरेको छ ।

महाधिवेशनमा आईसीसी सचिव भीम कमल केसी प्रमुख अतिथि र आईसीसी सदस्य प्रदीप घिमिरे विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा हंगेरीस्थित नेपाली समुदायको उल्लेखनीय उपस्थिति देखिएको थियो ।

मुख्य अतिथि केसीले आप्रवासी नेपालीहरूको हकहित, संस्कृति संरक्षण र नेपाल–हंगेरी सम्बन्ध सुदृढ गर्न एनआरएनएको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

निर्विरोध निर्वाचित भएका नयाँ अध्यक्ष नारायण प्रसाद भण्डारीले यस कार्यकाल अझै सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा झण्डै १०० जना सहभागी भएका थिए । स्थानीय कलाकार आकाश धैजु को ‘जसो गर जे गर जतासुकै लैजाउ मलाई…’ गीतले माहोल झनै रमाइलो बनाएको थियो ।

निर्वाचनमा करिब ९०% मतदाताको सहभागिता रहेको थियो । कार्यक्रम नवनिर्वाचित सचिव राजन प्रसाद तिमल्सिनाको सञ्चालनमा सम्पन्न भएको थियो ।

नवगठित कार्यसमिति २०२५ देखि २०२७ सम्म कार्यकालको लागि :

अध्यक्ष — नारायण प्रसाद भण्डारी (निर्विरोध)
वरिष्ठ उपाध्यक्ष — डा. राम रोक्का (निर्विरोध)
उपाध्यक्ष — अशोक लकान्द्री (निर्विरोध)
महासचिव — सञ्जय कार्की (निर्विरोध)
सचिव —  राजन प्रसाद तिमल्सिना (निर्वाचित)
कोषाध्यक्ष —  लीलाधर भण्डारी (बिनोद) (निर्वाचित)
सह–कोषाध्यक्ष —  जीवन कामी (निर्विरोध)
महिला संयोजक — सुनिता बस्नेत रोक्का (निर्विरोध)
युवा संयोजक —  विनोद बाबु कडायत (निर्वाचित)

सदस्यहरू :

हिरा दमाई (निर्वाचित)
बाल मुकुन्द भण्डारी (निर्वाचित)
बिरेन्द्र थापा (निर्वाचित)
विकास बज्राचार्य (निर्वाचित)
विद्यार्थी प्रतिनिधि —  सनम शेर्पा (निर्वाचित)

उप–बिजेताहरू :

सचिव — जितेन्द्र खत्री
कोषाध्यक्ष — शिव प्रसाद भण्डारी
युवा संयोजक — विज्ञान भट्टराई
सदस्य — बिक्रम गैरे
विद्यार्थी प्रतिनिधि — साहिल चौधरी

कार्यक्रमले हंगेरीस्थित नेपाली समुदायमा उत्साह र नयाँ ऊर्जा थपेको सहभागीहरूको प्रतिक्रिया रहेको थियो ।

Leave a Reply