बिरेन थापा
बुडापेस्ट, हंगेरी — हंगेरीमा बसोबास गर्दै आएका नेपाली नागरिकहरूका ‘गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् हंगेरीको विशेष पहल र नेपाल सरकारको जर्मनीस्थित नेपाली राजदूतावासद्वारा २०२५ डिसेम्बरमा राहदानी नवीकरणको घुम्ती सेवा सञ्चालन हुने भएको छ ।
राजदूतावासको उक्त सेवा अन्तर्गत: म्याद सकिन एक वर्षभन्दा कम समय बाँकी रहेका राहदानीहरू मात्र नवीकरण गरिने भएको हो ।
उक्त घुम्ती सेवाबाट लाभ लिनको लागि कम्तीमा ५० देखि ६० जना सेवाग्राहीहरूको सुनिश्चित उपस्थिति आवश्यक हुने जनाइएको छ । आवश्यक संख्या पुगे मात्र टोलीले हंगेरीमा सेवा दिने भएको छ ।
डिसेम्बर महिनामा पासपोर्ट नवीकरण गर्न इच्छुक नेपाली नागरिकहरूले छिटो आफ्नो नाम टिपाउन एनआरएनए हंगेरीले अनुरोध गरिएको छ ।
उक्त सेवाका लागि एनआरएनए हंगेरीका अध्यक्ष नारायण प्रसाद भण्डारी +36 30 684 4835 र सचिव राजन प्रसाद तिमल्सिना +36 70 301 6287 लाई सम्पर्क गर्न सकिने भएको छ ।