Home Login
खेलकुद

गौतम बुद्ध क्रिकेट क्लबको ३ समुह बिच आन्तरिक टुर्नामेन्ट

लण्डन —  क्रिकेटको लहर यसपालि नर्थोल्टतिरै लाग्ने भएको छ । गौतम बुद्ध क्रिकेट क्लबले आउँदो सेप्टेम्बर ६, २०२५ शनिबार, रेक्टरी पार्क, नर्थोल्ट, लण्डनमा आन्तरिक क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।

क्लबका खेलाडीहरूलाई एउटै मैदानमा भिडाउन लागिएको यो प्रतियोगिता केवल रन र विकेटको मात्र नभई रमाइलो, जोश-जुनून र साथीभाइबीचको मित्रतासमेतको खेल हुने आयोजकले बताएका छन् ।

“आन्तरिक टुर्नामेन्ट हाम्रो परिवारभित्रको उत्सवजस्तै हो, जसले खेलाडीलाई अझ नजिक ल्याउँछ,” क्लबका एक सदस्यले हाँस्दै बताए ।

शनिबार बिहानैदेखि क्रिकेट प्रेमीहरूले पार्कलाई भरिभराउ बनाउने अपेक्षा गरिएको छ । बल्लाको ठकठक र बलको ठोकठाकसँगै, रमाइलो चीयाचर्चा, हौसला र हाँसोका ठट्टाले मैदान गुन्जिने अनुमान छ ।

Leave a Reply