पोर्चुगलका लागि सनिल नेपाल राजदूत सिफारिस

पोर्चुगल । सरकारले अब युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारले गएको कात्तिक पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो ।

४०/५० हजार नेपालीहरु रहेको पोर्चुगलमा यो खबरले पोर्चुगलमा बस्ने नेपालीहरु खुसी भएका छन् । दूतावास नहुनाले सानो कामको लागि पनि फ्रान्स जानु परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *